बुवाको साथीबाट वीरगञ्जमा ११ वर्षीया बालिका बलात्कृत, आरोपी पक्राउ

वीरगञ्ज: वीरगञ्ज–१ छपकैयामा आफ्नै बुबाको साथीबाट ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

कोठा खोज्न आएका भारतीय नागरिक नेहाल मियाँ साथीको घरमा पाहुना भएर बसेका थिए । सोही क्रममा मियाँले शनिबार बिहान साथीको छोरी(बालिका) लाई जर्बजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

ad

बालिका चिच्याएपछि उनका बुवाले थाहा पाएका थिए ।

सुरुमा जर्बजस्ती करणी प्रयास भएको भन्ने खबर प्रहरीलाई आएको भए पनि पछि बालिकाको स्वास्थ्य जाँच गराउँदा चिकित्सकले करणी नै भएको प्रारम्भिक जानकारी दिएका छन् ।

बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले मियाँलाई पक्राउ गरेको छ ।

घटनापछि फरार मियाँलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसर्पी मनोजीत कुँवरले जानकारी दिए ।

मियाँविरुद्ध आज पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ । 


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै