उपहार पर्‍यो भन्दै ठगी गर्ने ३ जना पक्राउ

काठमाडौंः उपहार पर्‍यो भन्दै ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । 

काठमाडौं महानगरपालिका–६ बस्ने पर्सा पोखरिया नगरपालिका–७ घर भएका २६ वर्षीय दिपक कुमार दुबे लगायत ३ जनालाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–६ याङरिमा हिलसिटीबाटपक्राउ गरेको हो । 

ad

उपहार पर्‍यो भनी प्रलोभनमा पारी पीडितलाई आइएमई मार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको भन्ने सूचनाको आधारमा उनीहरुलाई नगद ५३ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै