काठमाडौंको नागार्जुनमा किशोरी बलात्कृत, आरोपी पक्राउ

काठमाडौंः  काठमाडौंको नागार्जुनस्थित फस्कुमा १८ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

किशोरीलाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

ad

तामाङले नागार्जुन नगरपालिका–६ फस्कुस्थित टहरामा ती किहोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ र 

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले तामाङलाई बुधबार बेलुकी  पक्राउ गरेको हो। 

पक्राउ परेका तामाङमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै