दलहरु सबका सब अचेत छन् - किंकर्तव्यविमूढ : ध्रुवहरि अधिकारी

मुलुक कोरोना संक्रमणको सास्ती खेप्न बाध्य भएको छ । संक्रमितको उपचारका लागि अस्पतालमा शैयाको अभावका कारण संक्रमितहरु गम्भीर बनिरहेका छन । कोरोना संक्रमितको उपचारका लागि पहिलो शर्त  जस्तै बनेको अक्सिजन नपाएर मानिसहरु मरिरहेका छन् । देश र नागरिक विपदमा हेलिएका बखत नेपाली राजनीतिको छिनाझपटी भने लज्जाजनक ढंगबाट अगाडि बढेको छ । कोरोना संकटमा  सरकार र राजनीतिक दहरुकोले देखाएको कार्यव्यवहारमाथि केन्द्रीत रहदै खुलामञ्चका लागि ठाकुर बेलवासेले  वरिष्ठ पत्रकार एवं राजनीति विश्लेषक ध्रुवहरि अधिकारीसंग छोटो संवाद गरेका छन ।  प्रस्तुत छ उक्त संवाद :

  •   कोरोनाको भायावह अवस्थामा राजनीतिक छिनाझपटी देखियो यसलाई कसरी हेर्नु पर्ला ?

मुलुक असाधारण अवस्थामा रहेको भनेर हेर्नुपर्ला, बुझ्नुपर्ला । हो, कोरोना विषाणुले विश्वभरकै देश,महादेशका बासिन्दा आक्रान्त छन् । नेपाल अपवाद हुने कुरो आएन । तर हाल बहाल रहेको सरकारले नेपालका बासिन्दालाई राहत हुने ठोस काम गरेको देखिएन । मन्त्री, सल्लाहकार, प्रवक्ताका प्रेसमा आएका कथनले सरकार कोभिड(१९ बारे गम्भीर भएको पुष्टि गर्दैन । 

ad

  •  यो सन्दर्भमा सरकारको नेतृत्व गरिरहेका केपी शर्मा ओली र उनको पार्टीलाई मात्रै दोष दिएर पुग्छ कि ! प्रतिपक्षी दल कांग्रेस लगायतलाई पनि दोष जाला ?

संविधानमा राखिएको स्वास्थ्य सम्बन्धी नागरिक हकको कोही उपहास गर्दैछन् त कोही यसलाई तमासे बनेर हेरिरहेका छन् । विडम्बना । नेपालीहरूको दुर्भाग्य । 

दोष बाँडिन्छ नै । तर मुख्य दोष त सत्तापक्षका प्रमुख ओलीकै हो जसले आफ्नो दलका आन्तरिक समस्या सुल्झाउनुको साटो त्यसलाई सार्वजनिकीकरण गरे । कोरोनाको प्रकोप मत्थर नहुँदै पौष ५ गते राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गराएर । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर । अदालतमा मुद्दा पुग्यो, जनस्तरमा विरोध प्रदर्शन भयो । सत्तावालले पनि प्रतिवादमा जनसभा गरे, गराए । कताको भौतिक दूरी, कताको मुखौटो १ कोरोना नियन्त्रण हुनुको साटो फैलिने वातावरण बन्यो । 

  • आखिर नयाँ सरकार ओलीकै नेतृत्वमा बन्ने रहेछ , संसदमा विश्वास \ अविश्वासको रस्साकस्सी किन गरियो ?

विश्वास अविश्वासका उपक्रण सबै नाटक जस्तो लाग्छ । नाटकका पात्र मञ्चमा बोल्छन् , उफ्रिन्छन् ! तर सबै पर्दा पछाडिका निर्देशकको निर्देशन मुताबिक । लाटा(सोझा नेपालीलाई भ्रममा पार्न । अल्मल्याउन । छिमेकको कुनै एक गोयलले बालुवाटारमा तीन घण्टा वार्ता गरेर फर्केपछि घटनाक्रम अघि बढेको बुझ्न के गाह्रो छ र । 

  • यसमा एमालेकै नेपाल समूह ,कांग्रेस र  माओवादी केन्द्र  लगायतका दलहरु कतै चुके कि ! बिके ?

दुबै थोक हुनसक्छ—चुकेको पनि बिकेको पनि । खनाल-नेपाल समूहका नेपालले ओलीसमक्ष गरेको आत्मसमर्पण (सरेण्डर) हेरौं न । निजको पहिले-पहिलेका अडानसित दाँज्दारसम्झिंदा आश्चर्यजनक लाग्छ । तर यी कुरालाई नाटकको पर्दा खुल्ने र खस्ने सिलसिलाको एक दृश्य मात्र मानेको खण्डमा मान्नु पर्दैन,आश्चर्य होइन । काँग्रेस, माओवादी केन्द्रका सञ्चालकहरूका आपसी वार्ता पनि स्वाभाविक रहेनन् । प्रचण्ड छिमेकीलाई ‘कम्फोर्टेबल’ हुने सरकारको लागि पहल गर्ने पात्र । अर्कोतर्फ, ओली मधेसविरोधी हुन् भनेर विगतमा अनेक जुलुस, नारा गर्ने र हाल ‘जसपा’ को शीर्षस्थानमा पुगेका महन्थ ठाकुरहरू नै अहिले ओली-समर्थक भएका छन् । आफ्नो पार्टीको निर्णय स्वतन्त्र रूपले आफ्नै सदस्यहरूको परामर्श र सहमतिबाट गर्ने नैतिकता र आँट भएका अगुवाहरूको कुरो भिन्दै हो । अहिलेको दृश्यपटलमा देखिएका गतिविधिले यस्तो परिपक्वता देखाउँदैन । लाए-अह्राएको काम मात्र गर्ने बानी परेकाहरूबाट जायज कदमको अपेक्षा, देशहितको रक्षा हुन्छ भनेर कसरी ढुक्क हुने खोइ ?

  •  नेपालका हरेक राजनीतिक घटनामा विदेशीको हस्तक्षेपको चर्चा चल्छ ! संसदमा विश्वास \ अविश्वासको राजनीतिमा पनि विदेशी शक्तिको प्रभाव देखिन्छ कि ?

 

प्रचण्ड छिमेकीलाई ‘कम्फोर्टेबल’ हुने सरकारको लागि पहल गर्ने पात्र । अर्कोतर्फ, ओली मधेसविरोधी हुन् भनेर विगतमा अनेक जुलुस, नारा गर्ने र हाल ‘जसपा’ को शीर्षस्थानमा पुगेका महन्थ ठाकुरहरू नै अहिले ओली-समर्थक भएका छन् ।

विदेशीको प्रभाव यत्रतत्र देखिन्छ नि । विश्वास(अविश्वास जेसुकै भन्नोस् । भनाइ छ नि, हावा नचलीकन पात हल्लिने कुरै छैन । प्रभाव त सामान्य मान्न सकिएला अहिलेको युगमा । तर हस्तक्षेप रु यो चाहिँ असामान्य र अमान्य दुबैथोक हो । आपत्तिजनक नै हो । परन्तु हस्तक्षेप कसरी हुने गरेको छ रु यो पाटो बिर्सनु भएन । मेरो ठम्याइमा, अपवाद बाहेक अधिकांश हस्तक्षेप यहाँका पार्टीनेता र सरकार(सञ्चालकहरूले निम्त्याएको कारणरनतिजाबाट हुने गरेको छ । उदाहरण केही महिनाअघि नेकपा ९सर्वोच्च अदालतले विभाजन नगर्दै० नफुटोस् भनेर चीनको तर्फबाट प्रयत्न हुँदाको घटनाक्रम नै हुनसक्छ । त्यस बखत काठमाडौंस्थित् चीनकी राजदूत होऊ याङ्छीको सक्रियता अस्वाभाविक ढङ्गले बढेको भनेर प्रेसमा बाक्लो चर्चा आयो । कहिले बालुवाटार त कहिले शीतल निवास त कहिले खुमलटार –जताततै भेटघाटको चर्चा । पार्टीका नेता हौं भन्नेले त भेटे अरे राजदूतलाई । तर पार्टीभन्दा माथि सिङ्गो राष्ट्रको संरक्षक भएर बस्नुपर्ने राष्ट्रपतिले पटक(पटक चीनकी राजदूतलाई किन भेट्नु परेको रु राजदूतले कूटनीतिक मर्यादा मिचेर एकाएक ढोका ढक्ढक्याएको त होइन होला । समय मागेर र मिलाएर नै शीतल निवास पुगेको होला । त्यस बखत समय मिलाउने कर्मचारी मार्फत ‘अहिलेको संवेदनशील बेलामा भेटघाट नगरौं’ भनेर राजदूतलाई जानकारी दिन सकिन्थ्यो । गरिएन । यसरी, देखिने गरी भेट्न खोज्नेलाई पन्छाए जसरी नै नदेखिने गरी पटक(पटक भेट्ने बानी परेका दक्षिणका दूतलाई पनि पन्छाउने गरिनुपर्थ्यो, पर्छ । कुरा सोझो छ नि, नेपालको आन्तरिक राजनीतिको जोड(घटाउ हामी आफैं मिलाउँछौं, दुःख नगर्नोस् भने भैगो । आँट हो, अठोट हो, स्वाभिमान हो । 

  • नेकपाको  राजनीतिक यात्रा कस्तो देख्नुहुन्छ ? एक एमाले होला कि  ?

‘वामपन्थी शक्ति’ भन्ने गरिन्थ्यो । अचेल कम्युनिष्ट एकता भन्ने बोली सुनिन्छ । गए साता एक टेलिभिजनमा सोमप्रसाद पाण्डेले ‘हामी रियल कम्युनिष्ट हौं’ भन्दै गरेको सुनेथें । प्रतिस्पर्द्धामा भएका अन्य यस्तै घटकले पनि आफूलाई मात्र खाँटी कम्युनिष्ट भन्ने गर्छन् । सुविधाभोगीको हूलमा पसेकाहरू के कम्युनिष्ट हुन्थे । जनताको नाम त लिन्छन् तर तिनको दुःख पीडालाई हेर्ने, केही गर्ने फुर्सद तिनीहरूलाई छैन । यही कोभिडको प्रकोप हेरौं न । खोक्रा आश्वासन बाहेक दैनिक काम गरेर खानुपर्नेले एमालेको सरकारबाट के राहत पाएको छ ? उल्टो,समाजसेवीहरूले असहायहरूलाई टुँडिखेलमा खाना खुवाएको समेत तिनलाई सह्य भएन । फोहोर भयो भनेर लखेटियो । यस्तो परिस्थितिमा एमाले एक रहन्छ कि दुई तीन चिरामा बाँडिन्छ भन्ने कुराले के अर्थ राख्छ र ? पहिले पनि माले र मार्क्सवादी मिलेर नै एमाले भएको हो । पछि महाकाली सन्धिताका फुट्न पुग्यो, फेरि जुट्यो । काँग्रेस पनि फुट्दै जोडिंदै गरेको पार्टी हो । यी अहिले जसपा फुट्को सँघारमा छ । यो फुट् र जुट्को सिलसिला राष्ट्रको हित, राष्ट्रिय हितको लागि चलेको होइन । स्वार्थ मिल्ने जमातहरूको मिलोमतो मात्र हो । यो देखिएको कुरो मात्र होइन, ३० र ३२ वर्षयता नेपाली जनताले भोगेर आएको वास्तविकता हो । 

  • यस बेला काँग्रेसले के गर्नु  हुनुपर्छ  ?  काँग्रेसजनले बुझ्ने गरी भनिदिनुहोस् न !

‘वामपन्थी शक्ति’ भन्ने गरिन्थ्यो । अचेल कम्युनिष्ट एकता भन्ने बोली सुनिन्छ । गए साता एक टेलिभिजनमा सोमप्रसाद पाण्डेले ‘हामी रियल कम्युनिष्ट हौं’ भन्दै गरेको सुनेथें ।

सकेदेखि काँग्रेसले कम्युनिष्ट हौं भन्नेहरूसँग साँठगाँठ र गठबन्धनमा लाग्नु हुने होइन । जसरी पनि ‘सत्ताकब्जा’ गर्नुपर्छ भन्ने माओवादी हिंसा र त्यस्तै अन्य अवसरवादीहरूको मान्यता भएकाहरूसँग सङ्गत नै गर्नुहुने थिएन । नेपालको निर्माण गर्ने र नेपालको एकतालाई कायम राख्ने राजसंस्थालाई त्यो हटाउँदा आइपर्ने रिक्तता कसरी भर्ने भन्ने भरपर्दो विकल्पको जोहो नै नगरीकन हटाउने काममा काँग्रेसले ‘क्रान्तिकारी’ भनिने कम्युनिष्टहरूको लहैलहैमा लाग्नु हुने थिएन । कृष्णप्रसाद भट्टराईले कुन बेला काँग्रेस छोड्नु भयो त्यसको सन्दर्भ र सन्देश कतिले बुझेरु के गणेशमान र भट्टराईले जस्तै तिनका अग्रज बीपीले पनि राजतन्त्र छँदा जेल(नेल भोग्नुपरेको थिएन र रु जग(जाहेर छ, ती काँग्रेसी नेताले आफ्नो निजी सुविस्ता असुविस्तालाई भन्दा स्वतन्त्र मुलुकको सुदूर भविष्यलाई महत्व दिनु उचित ठाने । तर अहिलेको काँग्रेस हाँक्नेमध्ये कतिजनाले यो वास्तविकता सकार्छन् रु काँग्रेस सिद्धान्त र निष्ठाको राजनीति गर्ने नेताहरूको विशिष्ट परम्परा भएको लोकतान्त्रिक पार्टी हो भन्ने छवि रहेन । दर्शन, मान्यता, सिद्धान्तको जगमा बनेको आफ्नो फराकिलो परिवेश छोडेर साँगुरो आँगनमा खुम्चिएको छ यतिखेरको काँग्रेस । मूलबाटो छोडेर गल्छेडोतिर लागेको देखिन्छ । फेरि मूलबाटो समात्यो भने कालान्तरमा बलियो पार्टी बन्ला पनि । तर त्यसको निम्ति प्रतिबद्धता र कडा मेहनत आवश्यक पर्छ । र, थालनी एक इमान्दार नेतृत्वको निर्माणबाट हुनसक्छ । 

  • अन्तमा , मुलुकलाई अस्तव्यस्त बनाएको कोरोना संक्रमण प्रति सरकार र राजनीतिक दलहरु कति सचेत देख्नुहुन्छ ?

सचेत भएको भए त कुरै सकिएको थियो नि । सबका सब अचेत छन् - किंकर्तव्यविमूढ । कुहिरोका काग जस्ता । जुन जनता (मतदाता) ले पत्याएर भोट हालेर कसैलाई सरकार हाँक्ने र कसैलाई विपक्षको भूमिका निर्वाह गर्ने जिम्मेदारी दिईपठाएको हो आज तिनै मतदाता र तिनका परिवार महामारीमा परेका बखत बेवारिसे व्यक्ति हुन पुगेका छन् । संविधानमा राखिएको स्वास्थ्य सम्बन्धी नागरिक हकको कोही उपहास गर्दैछन् त कोही यसलाई तमासे बनेर हेरिरहेका छन् । विडम्बना । नेपालीहरूको दुर्भाग्य । 

प्राप्त प्रतिकृयाहरू

विनोदविक्रम शाही लेख्नुहुन्छ (२०७८ जेठ ४ मंगलबार १:५९ pm )

विश्वास अविश्वासका उपक्रण सबै नाटक जस्तो लाग्छ । नाटकका पात्र मञ्चमा बोल्छन् , उफ्रिन्छन् १ तर सबै पर्दा पछाडिका निर्देशकको निर्देशन मुताबिक । लाटा९सोझा नेपालीलाई भ्रममा पार्न । अल्मल्याउन । छिमेकको कुनै एक गोयलले बालुवाटारमा तीन घण्टा वार्ता गरेर फर्केपछि घटनाक्रम अघि बढेको बुझ्न के गाह्रो छ र ।........... सत्य कुरा यही हो ।

शोभन कोइराला लेख्नुहुन्छ (२०७८ जेठ ४ मंगलबार ११:३६ am )

विदेशीको प्रभाव यत्रतत्र देखिन्छ नि । प्रभाव त सामान्य मान्न सकिएला अहिलेको युगमा । तर हस्तक्षेप रु यो चाहिँ असामान्य र अमान्य दुबैथोक हो । अति राम्रो विचार । दलहरुले यस्ता कुरा पढ्देनन् ।

विवेक श्रेष्ठ लेख्नुहुन्छ (२०७८ जेठ ४ मंगलबार ११:३३ am )

ध्रुवहरि कम्यूनिस्ट विरोधी पत्रकार हुन । उनले कम्यूनिस्टलाई राम्रो मानदैनन् ।यसकाराण् यो वार्ता सुनियोजित छ ।

Dr Ek Raj Ojha लेख्नुहुन्छ (२०७८ जेठ ४ मंगलबार ११:३१ am )

Cunning blind-followers/cronies of conscienceless, corrupt and cruel politicians are not any less responsible, than their crazy masters, for the plethora of anomalies, including many severe atrocities, prevalent in the nation for long at the cost of prolonged misery for the general mass of people and persistently degrading socioeconomic and environmental situation in the country.

कुमार लेख्नुहुन्छ (२०७८ जेठ ४ मंगलबार ११:३० am )

अहिलेको तितो सत्य यहिनै हो । राम्रो विश्लेषण ।

गोपालजी लेख्नुहुन्छ (२०७८ जेठ ४ मंगलबार ११:२९ am )

दुबै थोक हुनसक्छ—चुकेको पनि बिकेको पनि । खनाल-नेपाल समूहका नेपालले ओलीसमक्ष गरेको आत्मसमर्पण (सरेण्डर) सही हो दाजु

नवराज बुढाथोकी लेख्नुहुन्छ (२०७८ जेठ ३ सोमबार ६:५७ pm )

अति राम्रो विश्लेषण । हाम्रा नेतामा नैतिकता छैन ।

राम थापा लेख्नुहुन्छ (२०७८ जेठ ३ सोमबार २:०८ pm )

नेपालीहरूको दुर्भाग्य । ===========सचेत भएको भए त कुरै सकिएको थियो नि । सबका सब अचेत छन् - किंकर्तव्यविमूढ । कुहिरोका काग जस्ता । जुन जनता (मतदाता) ले पत्याएर भोट हालेर कसैलाई सरकार हाँक्ने र कसैलाई विपक्षको भूमिका निर्वाह गर्ने जिम्मेदारी दिईपठाएको हो आज तिनै मतदाता र तिनका परिवार महामारीमा परेका बखत बेवारिसे व्यक्ति हुन पुगेका छन् । संविधानमा राखिएको स्वास्थ्य सम्बन्धी नागरिक हकको कोही उपहास गर्दैछन् त कोही यसलाई तमासे बनेर हेरिरहेका छन् । विडम्बना । नेपालीहरूको दुर्भाग्य ।============================= नेपालीहरूको दुर्भाग्य ।

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै