भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने ३ जना पक्राउ

बाँकेः बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावत रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

ad

बिहीबार दाङका ५४ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएसँगै मृतकका आफन्तले चिकित्सक तथा नर्सहरुमाथि आक्रमण गरेका थिए । 

पक्राउ पर्नेमध्ये मानबहादुर मृतकका भाइ हुन् भने बाँकी २ जना मृतकका छोराहरू हुन् ।

उनीहरुको आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जनाएको छ ।

घटनाका दोषीमाथि कारबाहीको माग गर्दै स्वास्थ्यकर्मी एवं कर्मचारीहरूलेअहिले अस्पतालमा आन्दोलन गरेका छन् ।

उनीहरुले आफूहरुको सुरक्षाको प्रत्याभूति र दोषीलाई कारबाही नभएसम्म नयाँ बिरामी भर्ना लिन नदिने अडान लिएर आन्दोलन गरिरहेका छन् ।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै