परम्परागत नेपाली औषधि र जीवनशैलीले कोरोना संक्रमण जित्न सकिन्छ : डा . हरिप्रसाद पोखरेल

डा . हरिप्रसद पोखरेल योग एवं प्राकृतिक चिकित्साका विशेषज्ञ हुनुहुन्छ । नेपालमा प्राकृतिक स्वास्थ्यलाई भित्र्याउने र संस्थागत गर्ने काममा डा.पोखरेलको मुख्य भूमिका रहेको छ । उहाँसंग खुलामञ्चका लागि ठाकुर बेलवासेले  कोरोनाको महामारीमा खानपान र जीवनशैली कस्तो अपनाउन पर्छ परम्परागत नेपाली औषधिले कोरोनाको उपचार सम्भव छ कि छैन रु भन्ने बिषयमा संवाद गरेका छन् । प्रस्तुत छ - उक्त संवाद ।  

कोरोना महामारीको दोस्रो लहरको प्रभाव कस्तो देखिदैछ ?
कोरोना भाइरस  नोवल कोरोना को यो दोस्रो लहरको संक्रमण दर घातक प्रभाव र उपचारको जटिलता हेर्दा डरलाग्दो रुपमा अगाडि बढि रहेको छ । उच्च र्साकता र सावधानी नअपनाउने हो भने ठूलो जनधनको क्षती हुन सक्छ । सरकारको स्वास्थ्य सुरक्ष तयारी र आमजनताको सावधानी दुवै कमजोर छन् । कोरोना भने शक्तिशाली भएर आएको छ । 

ad

कोरोना महामारीको पहिलो र दोस्रो लहरमा  भिननता के छ ?

कोरोना भाइरस  नोवल कोरोना पहिलो लहर आउँदा त्यसका बारेमा जानकारी र तथ्य एवं तथ्याङ्क स्वास्थ्य वैज्ञानिक र स्वास्थ्य विज्ञानसंग  थिएन । अथवा कम थियो । भाइरसको संक्रमण दर पनि ढिलो थियो । सरल स्वास्थ्य सर्तकताले पनि जीवन सुरक्षा गर्न सकिन्थ्यो । 

आज जानकारी , सुरक्षा , सूचना  सर्वसुलभ भईरहेका छन् । खोप पनि आइसकेको छ ।  यसका साथै कोरोना भाइरसले पनि आफुमा परिवर्तन गरी नयाँ रुपमा अझ शक्तिशाली  र संक्रामक भएर आएको छ । धेरै मानिसमा छिटो सर्न सक्ने र कम समयमै कोभीड निमोनिया , अक्सिजनको कमी र अन्य घातक लक्षण देखाउँदै छ । मृत्युदर पनि बढी रहेको छ  ।  

कोरोना महामारीको दोस्रो लहरमा कस्तो सचेतना अपनाउनु पर्ला ?

पहिलो लहरमा अपनाएका सचेतनाहरुलाई अझ बढी बडाईका साथमा अपनाउनु पर्छ । दोस्रो लहरको संक्रमणदर बढी भएको हुनाले उच्च सर्तकता अपनाउनु पर्ने हुन्छ ।

यो  महामारीमा जीवनशैली र विशेष  खानपानले कसतो प्रभाव पार्छ ?

स्वास्थ्यकर दीर्घजीवन , सर्ने वा नसर्ने रोगको रोकथाम र उपचार साथै महामारीमा हाम्रो जीवनशैलीले ठूलो अर्थ राख्दछ । कैयन एलोपैथी चिकित्सकहरुले कोरोना महामारीमा चुरोट बाहेक सबै खाए हुन्छ , भन्ने जस्ता अभिव्यक्ति दिएको देखिन्छ  , त्यो अवैज्ञानिक कुरा हो । यस्तो अवस्थामा भोजन, व्यायाम , विश्राम र जीवनशैलीका अन्य पक्षहरुलाई सुधार गरेर रोग कारक तत्व र विषणु (भाइसर) संग प्रतिरक्षा गर्ने विशिष्ट क्षमता शरीरले प्राप्त गर्न  सक्दछ । 

शरीरको रचना र क्रिया विज्ञान एवं यसमा अन्र्तरनिहीत  जैव रसायनमा हाम्रो जीवनशैलीको ठूलो प्रभाव रहन्छ । वनस्पति जन्य भोजन गर्ने , योगासन , प्रणायाम ध्यान गर्ने , तनाव व्यवस्थापन एवं योग निद्रा या विश्रामको कला सिकाउने, घरेलु मसला र जडिबुटीको प्रयोग गरी सुरक्षाका नियम पालना गरेर संक्रमित भएका व्यक्तिहरु अत्यन्त छिटो कोरोना संक्रमणबाट छिटो मुक्त भउएको पाइएको छ ।

योग प्राकृतिक चिकित्सा ,आयूर्वेदका अस्पताल र विशेषज्ञ सेवा सहित नेपाल भारतमा संचालन गरिएका कोभिड केन्द्रको नतीजाले प्रष्ट पारेको छ । उत्तरको छिमेकी चीनले पनि परम्परागत चाइनिज औषधि (TCM )को प्रयोग गरेको सुनिन्छ । 

चुरोट , रक्सी , माछा- मासु भुटेका-तारेका चिल्लो (गरिष्ठ भोजन) तयारी भोजन अर्थात फास्टफुड, बोतल बन्द चिसो पेयहरु आदि प्रयोग गर्दा महामारीमा जटिल लक्षणहरु देखिएको पाईन्छ ।

घरेलु या परम्परागत नेपाली औषधि उपचारका बारेमा के भन्नु हुन्छ ?

कोरोना महामारीको औषधि  आजसम्म विश्वमा छैन । जीवनशक्ति प्रतिरक्षा प्रणाली सत्व , प्राणतत्व आदि विविध नामबाट चिनिने शरीर भित्र अन्र्तरनिहित शरीरलाई विभिन्न विषाणु किटाणु र रोग कारक अवस्थाबाट बचाँउने विशिष्ठ व्यवस्थालाई शक्तिशाली बनाउने जसले रोग लाग्नबाट रक्षा गर्छ । प्राकृतिक जीवनशैलीव्दारा दीयो र सर्वाङ्गीण रुपमा प्रतिरक्षा प्रणाली सक्षम बनाउन सकिन्छ । 

यही काम आकास्मिक अवस्थाहरुमा एकल विषाणु अर्थात भाइरसहरुको प्रभाव शरीरमा हुन नदिन खोपको प्रयोग गरिन्छ  ।कोरोना महामारीमा प्रतिरक्षा प्रणालीलाई शक्तिशाली बनाई रोग लाग्न नदिन र रोग लागी हालेमा पनि घातक अवस्था आउन नदिन परम्परागत नेपाली औषधि उपचारको महत्व ठूलो छ । 

योगासन , प्रणायाम , ध्यान जस्ता यौगीक विधि विज्ञान। प्राकृतिक चिकित्साको पञ्चतत्व चिकित्सा । आयुर्वेदको पञ्चकर्म । रसायन , औषधि । परम्पारागत नेपाली औषधि उपचारको आधार योग , प्राकृतिक चिकित्सा र आयुर्वेद नै हो । 

हिमाली क्षेत्रमा स्वरिक्पा चिकित्साले सेवा पुर्याएको छ । यी सबै चिकित्सा पद्धतिहरुको मूल प्रयोग प्राकृतिक जीवनशैलीव्दारा स्वस्थ्यकर दीर्घजीवनको प्राप्ती एवं प्रकृति मानव अन्तरसम्बन्धबाट स्वस्थको स्वास्थ्य रक्षा र रोगीको रोगोपचार नै हो । यी उपचार विधिहरुको वैज्ञानिकतालाई आज विश्व वित्रान जगतले स्वीकारेको छ । 

खाने कुरामा बिशेष के ध्यान दिनु पर्छ ?
खाना हल्का र छिटो पच्ने हुनुपर्छ  । चिल्लो बढी भएको तारेको भुटेको (गरिष्ठ भोजन) खानु हुँदैन । ब्रोकाउली , कुरिलोको टुसा , सितलचिनीको कोषा या पात , च्याउ , हरियो लसुन , बेथे , मेथी साग ,चम्सुरको साग  , घिरौला, गाजर , मूला आदिको झोलिलो तरकारी या सुप प्रशस्त पिउने । 
अंकुरित मुङ या बोक्रा भएको मुङको दाल र चामलको खिचडी खाने । गेडागुडीमा भटमास , राजमा , केराउ नखाँदा राम्रो । सागमा रायो र तोरीको खाग नखाँदा राम्रो । 
चाउचाउ बिस्कुटजस्ता तैयारी खाना  (फास्टफुड -जङ्फुड ) नखाने । 
बोतल बन्द चिसो पेय नखाने । प्रिजमा राखेका र चिसै खाने स्वभावका आइसक्रिम जस्ता खाने कुरा नखाने । 
चुरोट तमाखुजस्ता सुर्तिजन्य पदार्थ  एवं ध्रुमपान नगर्ने । जाँड, रक्सी जस्ता मद्यपान र लागुऔषधि नखाने ।
पुरानो गलाएर बनाएका चिल्लो र नुन बढी भएका अचारहरु नखाने । तील आलस, सिलाम , भाङ्गको वीज , पुदिना , सितलचिनीको पात , लसुन , टिम्बुर र यस्तै खाद्य पदार्थबाट बन्ने नेपाली परम्परागत ताजा चटनी खाने । यस्ता चट्नीमा शुष्म  पोषक तत्व प्रशस्त पाईन्छ । चट्नीमा अमिलो प्रयोग गर्नु परे अमला , डालेचुक , कागती प्रयोग गर्ने । 

अक्सिजनको अभावमा घरेलु उपचार केही गर्न सकिन्छ ? 

वर्तमान अवस्थामा मानव शरीरमा अक्सिजनको मात्रा ९२ प्रतिशत Spo2 र त्यो भन्दा तल जान थाल्यो भने । तत्काल छिाटोभन्दा छिटो अक्सिजनदिने सुविधा भएको अस्पतालमा लैजानु पर्दछ । यदि कोरोना भाइरस या कोभिडको लक्षणहरु घातक रुपमा देखिएका छैनन् ।  र घरमै सुरक्षित बसिएको छ, भने या सामुदायीक कोभिड सुरक्षा केन्द्रहरुमा बसिएको छ भने त्यति बेला योग र प्राकृतिक चिकित्साका माध्यमबाट शरीरमा अक्सिजनको मात्र घट्न नदिन  साथै घातक अवस्था आउनबाट रोक्ने धेरै विधिविज्ञानहरु छन् ।  जसले प्रर्वधनात्मक  र प्रतिरक्षात्मक या भनौ रोकथाममा अत्यन्तै राम्रो काम  गर्दछन् । 
यौगिक सुश्म व्यायाम , मकरासन, मार्जरी आसन , हस्त-उत्तानासन , सरल धनुरासन , सरल भुजङ्गआसन , वालासन , शवासन (पेटको वल ) आदिका साथै अन्य आसन पनि उपयोगी छन् ।यौगिकआसन , अनुलोम-विलोम , सरल भास्त्रिका , सरल कपालभाति आदि प्राणायाम बढी उपयोगी छन् । यौगिक मुद्रा र बन्ध पनि उपयोगी छन् । जलनेती र कुञ्जल जस्ता षट्कर्म विधि पनि उपयोगी छन् । प्राकृतिक चिकित्सामा उष्णपादस्नान , पैताला र खुट्टाको मालिस सबैभन्दा बढी उपयोगी छन् । योग र प्राकृतिक चिकित्सामा श्वसन प्रणाली( श्वसन तन्त्र ) लाई स्वस्थ्य बनाई शरीरमा अक्सिजनको मात्रा बढाउने मात्र नभई अन्तर्रकोषीय श्वसनलाई नियमित बनाई जीवनीशक्ति (Immunity )लाई बढाउने थुप्रै विधि प्रविधिहरु छन् । देश, काल , परिस्थिति अनुसार योग्य विषय विज्ञ या योग एवं प्राकृतिक चिकित्सकको प्रत्यक्ष प्रशिक्षण र निगरानप्मा गर्नु पर्दछ ।  

कोरोना महामारीबाट जोगिन सामान्य नागरिकले के गर्ने ?
कोरोना या कोभीडको विश्वव्यापि महामारीबाट जोगिन बनाईएका आर्दश नियाहरु मास्क लगाउने पटकपटक हात धुने शारिरीक दुरी बनाई काम गर्ने , अति आवश्यक नभई घरबाट बाहिर र भीडभाडमा नजाने । (जानै पर्ने भएमा उच्च सावधानी अपनाउने । )

सांस्कृतिक एवं सामाजिक उत्सवहरु केही महिनाका लागि रोक्ने , अन्र्तदेशीय आवतजावतलाई रोक्ने । पारिवारिक आवतजावत र भेटघाटलाई बन्द गर्ने । प्रविधि मैत्री भेटघाटलाई बढाउने ।  म संक्रमित हुन्न र मेरो माध्यमबाट अरुलाई संक्रमित हुन दिन्न भन्ने संकल्प गर्ने । यी र यस्तै जीवनशैली अपनाएर सदाका लागि महामारीलाई विदा गर्नु पर्दछ । 

अगाडी बताए जस्तै : खानपान , योगासन,  प्राणायाम , ध्यान गरी  तनाव व्यवस्थापन आदि यौगिक एवं प्राकृतिक आर्दश जीवनशैली अपनाउँ । महामारीको चिन्ता होइन , यस्ता महामारी आउनै  नदिन चिन्तन गरौं । प्रकृति र मानव अन्र्तसम्बन्धव्दारा  स्वस्थकर दीर्घजीवनको कला , संस्कृति र विज्ञान सिकौँ । हिजोको ज्ञान र आजको विज्ञानको सम्यक मिलनव्दारा भोलिको संसार शान्त , सुन्दर र स्वस्थ् बनाउँ । 

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै