कुमारजी आज्ञा गर्नुहुन्छ...

आनन्दराम पौडेल |[email protected]

कुमारजी आज्ञा गर्नुहुन्छ, - 'हे अगस्त्य मुनी ! म अब नेपाल भन्ने राष्ट्रको बर्णन गर्दछु, ध्यान दिएर सुन्नुहोस्। हिमालको काखमा बसेको नेपाल देश अनुपम प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। जैविक बिविधता, सांस्कृतिक बिविधता तथा हिमाल, पहाड, तराई, नदीनालाले बेष्टित र हरियालीले सुसज्जित भौगोलिक बिविधतापूर्ण यो देश प्रकृतिको खजानाले भरपुर छ। ७०० किसीमका पुतली छन्। फूल फुल्ने बनस्पतिहरु विश्वकै २ प्रतिशत, स्तनपायी जन्तुहरु ४ प्रतिशत, चराचुरुङ्गीहरू ९ प्रतिशत र ७,००० प्रजातिका मूल्यवान बनस्पतिहरु यो देशमा छन्। सञ्जीवनी बुटीहरु प्रचूर छन्। जैविक विविधताको हिसाबले नेपाल विश्वकै २५औं धनी देश हो। १२५ जातजातिका संस्कृति, परम्परा, रीतिरिवाज, चाडपर्व, भेषभुषा घुलमिल भएर इन्द्रधनुषी शोभा दिइरहेको हुन्छ।'

पार्टी -पार्टी नभएर गुटहरुको महासङ्घ भएको छ।

'त्यसैभएर 'दि न्युयोर्क टाइम्स' ले घुम्नैपर्ने ४५ स्थानमा नेपाललाइ धेरैपटक राखेको छ। बेलायतको गाइडबुक 'लोनली प्लानेट' ले विश्वका उत्कृष्ट ३ गन्तब्यमा मुस्ताङलाइ रोजेको छ। बेलायतको टाइम्स, दि गार्डेन, अस्ट्रेलियाको मेलबर्न टाइम्स, ट्रीप एडभाइजर, क्यानाडाको मेट्रो क्यानाडा, अफ्रिकाको इण्डिपेण्डेण्ट अनलाइन, न्युजिल्याण्डको थ्री न्युज, कतारको गल्फ टाइम्स र पाकिस्तानको डेली टाइम्स लगायत विश्वका प्रतिष्ठित अखबारहरुले नेपाललाइ पर्यटकीय दृष्टिले सबैको आकर्षक स्थल भनेर पटकपटक  मुक्तकण्ठले प्रशंसा गरेका छन्। सन्तान उत्पादन गर्नसक्ने भैसकेकी नवयुवती झैं ८३ हजार मेगावाट बिद्युत उत्पादन गर्न तम्तैयार भई हिमालबाट हाम्फाल्दै र पहाडबाट कुद्दै झरेका नदीहरु बिद्युत उत्पादन गर्न नपाएकोले वाँझी आइमाई जस्तै रित्तो, खोक्रो र निराश मन लिएर तराईमा ढल्किंदै बगिरहेका छन्।'

विश्वका प्रतिष्ठित अखबारहरुले नेपाललाइ पर्यटकीय दृष्टिले सबैको आकर्षक स्थल भनेर पटकपटक  मुक्तकण्ठले प्रशंसा गरेका छन्।

अगस्त्य मुनिमा कौतुहल र जिज्ञाशा एक्कैचोटी जागृत भयो। सोधे, 'विश्वकै पर्यटकहरुले लोभलाग्दो नजरले हेरेको यो देश कति समृद्ध होला ?'

अगस्त्य मुनीको प्रश्न सुनेर कुमारजी पुलकित भएनन्। अनुहार अलिकति खुम्च्याएर बिस्तारै बोले, 'नेपालको सुन्दरता र सम्भाव्यता बताउँदा जति उत्साहित थिएँ, तर यो पाटो कोट्याउन मलाइ त्यत्तिकै सकस भैरहेछ। दुस्खका साथ भन्नुपर्छ, नेपालीहरु आफ्नै भान्छाको परिकार खान नजान्ने, आफ्नै भण्डारमा भएको सामाग्री प्रयोग गर्न नसक्ने अनौठो प्राणी साबित भएका छन्। नेपालीहरु यस्ता कस्तुरीमृग भएका छन्, जो आफ्नै कस्तुरीको बास्नाले आकर्षित भएर बिना खोज्न यताउती भौंतारिन्छ। यी नेपालीहरु अरबौंको गाडधनमाथि बसेर जीवनभरी भिक्षाटन गरिरहने मगन्ते हुन्।'

अगस्त्य मुनीको कौतुहल झन् बढ्यो। त्यसैले वीचैमा हस्तक्षेप गरेर सोधे, 'प्रचूर प्राकृतिक खजाना र सम्भावनाको थुप्रोमाथि बसेर किन बिपन्नताको स्थितिमा पुगे त रु म अचम्मित भएँ। कुमारजी, कृपा गरेर यो रहस्यको पोको फुकाइदिनुपर् यो ?'

क्याण्टोनमेण्टका लडाकुको नाममा अरबौं रकम निकालेर झ्वाम् पार्छन् र पारदर्शिताको भाषण छाँट्छन्।

कुमारजी आज्ञा गर्नुहुन्छ, 'हे अगस्त्य मुनी ! नेपालका शासक र नेताहरु कस्ता छन् भने मनमा एउटा कुरा राख्छन्, बोल्दा अर्कै बोल्छन् र गर्ने बेलामा अर्थोकै गर्छन्। नेताहरु मुखले न्यायको कुरा गर्छन् तर न्यायपालिकालाइ गिजोल्छन्। सुशासनको कुरा गर्छन् सत्ताको चरम(दुरुपयोग गर्छन्। कर्मचारीलाइ पार्टीकरण गर्छन्। शान्तिसुरक्षाको कुरा गर्छन् तर अपराधीलाइ संरक्षण गर्छन्। क्याण्टोनमेण्टका लडाकुको नाममा अरबौं रकम निकालेर झ्वाम् पार्छन् र पारदर्शिताको भाषण छाँट्छन्। न्याय, सुशासन र राष्ट्रिय उत्थानको लागि हैन, कुत्सित स्वार्थ पूर्ति गर्न तथा आवेश, आवेग र अहं तुष्टीको लागि राजनीति गर्छन्। राष्ट्र हैन पार्टी, पार्टी पनि हैन गुटमा केन्द्रित हुन्छन्। पार्टी पार्टी नभएर गुटहरुको महासङ्घ भएको छ। नेपाली काङ्ग्रेस पार्टी खोज्योभने पार्टीको साइनबोर्डसम्म भेटिएला, नत्र कि त देउवा गुट छ नभए रामचन्द्र गुट छ, तर कांग्रेस भेटिंदैन। कम्युनिष्ट नेताहरु त झन् भित्रभित्रै कुहिएर, सडेर, डुङ्डुङ्ति गन्हाएका छन्स र दुर्गन्ध फिंजाइरहेछन्।'

अगस्त्यको जिज्ञाशा शान्त भएन। खसखस थाम्न नसकेर हत्त-न-पत्त सोधिहाले, 'राजनीतिकै कारणले नेपालको समृद्धी रोकिएको हो त रु  कुमारजी, संशय भएकोले यो प्रष्ट पारिदिनुहोस्।'

अदालतका न्यायाधीश,  विश्वबिद्यालयका उपकुलपति, रेक्टर, रजिष्ट्रार, डीन, क्याम्पस-प्रमुख जस्ता महत्वपूर्ण पदहरुमा पार्टीका झोलेहरु भर्नको लागि पदको भागबण्डा लगाउँछन्।

कुमारजी आज्ञा गर्नुहुन्छ, 'हे अगस्त्य मुनी ! राजनीति हैन नेपालका राजनीतिक नेताहरु बिग्रेको कारणले नै समृद्ध भैसक्नुपर्ने नेपाल बिपन्न रहन बाध्य भएको हो। यिनीहरु सिष्टमको फलो गर्दैनन्। मनोमानी गर्नुपर्ने भएकोले सिष्टम बस्न दिंदैनन्। बसिसकेको सिष्टमलाइ समेत् भाँचभुँच पार्छन्। अदालतका न्यायाधीश,  विश्वबिद्यालयका उपकुलपति, रेक्टर, रजिष्ट्रार, डीन, क्याम्पस-प्रमुख जस्ता महत्वपूर्ण पदहरुमा पार्टीका झोलेहरु भर्नको लागि पदको भागबण्डा लगाउँछन्। कर्मचारीलाइ पार्टीकरण गर्छन् र हरेक मन्त्रालय, विभाग र संस्थानमा कर्मचारी सङ्गठनको नाममा पार्टीको भातृसङ्गठन खोल्छन्। यी कर्मचारी युनियनका नेताहरु विभाग, मन्त्रालय र संस्थानका प्रमुखहरु माथि सधैं घोडा चढिरहेका हुन्छन्।'

अगस्त्यले सोधे, 'नेपाल बिपन्न रहनुको कारण त यो पो रहेछस हैन त कुमारजी ?'

कुमारजी आज्ञा गर्नुहुन्छ, 'हे अगस्त्य मुनी ! कारणहरु यिनै हुन्। अरु भयङ्कर कारणहरु पनि छन्। लगानीकर्ताहरुलाइ साह्रै दुस्ख दिन्छन्। एक त प्रशासनिक प्रकृया नै यति झण्झटीलो छकि फटाफट अगाडी बढ्न चाहने लगानीकर्ता शुरुमै आँत्तिन्छ। प्रशासनिक झण्झट पार गरेर अघि बढिहाल्यो भनेपनि पार्टी सङ्गठनका गुण्डाहरुले निचोरेकोनिचोर् यै गर्छन्।'

अगस्त्य मुनी घोत्लिए। यसबाट निकास पाउने केही उपाय छकि भनेर जिज्ञाशा राखे। नेपाल आमाले चार(पाँच सय कूलमान घिसिङहरु जन्माइनभने ट्र्याकमा आउला भनेर कुमारजी मौन बस्दा भए।

ईति श्री कुमार-अगस्त्य सम्बादे, नेपाल महात्म्ये अध्याय समाप्तम्।

प्राप्त प्रतिकृयाहरू

किरणबाबु थापा लेख्नुहुन्छ (२०७८ जेठ २० बिहीबार ६:४६ pm )

खरो मान्छे आनन्दराम पौडेल । खरै छ ले पनि ।

हरिश लेख्नुहुन्छ (२०७८ जेठ १८ मंगलबार ०८:३८ am )

चोरहरु । देश खाए । कुमारजी भन्दै गर्नुहन्छ

bishnu banjade लेख्नुहुन्छ (२०७८ जेठ १८ मंगलबार ०८:३६ am )

ahileka rajtinitk dalharu rahunjel desh bandain ..........yastao ho. lekha ramro lagyo

सागर लेख्नुहुन्छ (२०७८ जेठ १७ सोमबार ६:५६ pm )

प्रशासनिक झण्झट पार गरेर अघि बढिहाल्यो भनेपनि पार्टी सङ्गठनका गुण्डाहरुले निचोरेकोनिचोर् यै गर्छन् ।सत्य कुरा

गोपाल पण्डित लेख्नुहुन्छ (२०७८ जेठ १७ सोमबार ६:५४ pm )

राजनीतिक विश्लेषक आनन्दरामको सिधा लेखन मनपर्छ ।................... नेपालका शासक र नेताहरु कस्ता छन् भने मनमा एउटा कुरा राख्छन्, बोल्दा अर्कै बोल्छन् र गर्ने बेलामा अर्थोकै गर्छन्।.............

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै