सेयर बजारमा नयाँ रेकर्ड कायम, करिब १७ अर्बको कारोबार 

काठमाडौंः साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । 

सेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ७.९६ अंकले बढेर ५१३.११ अंकमा पुगेको छ । 

ad

यसअघि गत आइतबार नेप्से परिसूचक २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो । आइतबारको रेकर्ड तोड्दै आज नेप्से परिसूचक हालसम्मकै उच्च अंकमा पुगेको हो ।

नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि उच्च भएको छ । आज विभिन्न २१८ कम्पनीका ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता सेयर १६ अर्ब ९० करोड ७० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

खरिदबिक्री रकममा १ अर्ब रुपैयाँभन्दा बढीसहित नेपाल पुनर्बिमा कम्पनी उच्च स्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः छिमेक लघुवित्त र लुम्बिनी विकास बैंक परेका छन् । ४ कम्पनीको मूल्य ९ प्रतिशत भन्दा माथि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै