कुमार-अगस्त्य सम्बादे : नेपाली साहित्य कथा

आनन्दराम पौडेल

कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि ! पछिल्लो कालखण्डमा नेपालको साहित्य किन रङ्ग खुइलिएको कपडा भयो ?  किन प्रभावपूर्ण भएन ?  भन्ने तपाईंको जिज्ञाशामा अब म नेपाली साहित्यको अन्तरङ्ग दास्तान कहन्छु; ध्यान दिएर सुन्नुहोस् -

ad

'साहित्यमा त आमजनताको मर्म, व्यथा अभिव्यक्त हुनुपर्थ्यो र जनभावना बग्नुपर्थ्यो । तर, अहिले पछिल्लो कालखण्डमा नेपाली साहित्य होहल्लाको खेती भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, प्रगतिशील लेखक सङ्घ, नेपाल लेखक सङ्घ, लोकतान्त्रिक लेखक सङ्घ लगायत साहित्यिक सङ्घसंस्थाहरु र अगुवा साहित्यकारहरु मौन रहे। न त सृजनामा न त आवाजमा उनीहरुका एकशब्द कतै पढ्न र सुन्न पाइयो।

नेपालमा अहिले जताततै सिण्डिकेट चलेको छ र सिण्डिकेट सिण्ड्रोमबाट नेपाली साहित्य पनि अछुतो छैन।  नेपाली साहित्यकार वृत्तमा पनि गुट-उपगुटको सिण्डिकेट र सञ्जाल जबर्जस्त छ । मेडिया यिनैको पकडमा छ । ज-जस्ले गुट-उपगुट बनाउन सक्यो वा गुटमा छिर्न सक्यो त्यस्को लागि विशेष स्थान सुरक्षित रहन्छ। प्रिण्ट मेडियादेखि इलेक्ट्रोनिक मेडियासम्म यिनीहरुकै सेवामा तत्पर रहन्छन् । सिण्डिकेट-साहित्यकारहरुको विशेषता के हुन्छभने तिनीहरु आफ्नै गुट र सिण्डिकेटभित्र सीमित रहन्छन् ।

पालैपालो निमन्त्रणा, पालैपालो रमझम, पालैपालो प्रशंसा र पालैपालो सम्मानले विचरा उनीहरुको जिन्दगी  हस्याङ्फस्याङमै बितिरहेको हुन्छ। प्रशंसा खाँदा र पालोपैंचो तिर्दातिर्दै भ्याइनभ्याइ भैरहेको हुन्छ। आफ्नै परिवारभित्रको अड्कोपड्को, समस्या, चुनौति र व्यथा वुझ्न र महसुस गर्नका लागि एक मिनेट समय निकाल्न नसकिरहेको स्थितिमा टोल, छरछिमेक, समुदाय र समाजसँग अन्तरङ्ग सम्वाद गर्न भ्याउने स्थिति हुँने कुरैहुँदैन।

स्वनिर्मित कृत्रिम संसारमा भुल्दाभुल्दै र आत्मरतिमा रम्दारम्दै उनीहरुले यथार्थ जगतको धरातल भुलिसक्छन्। सर्जकको संसार र वास्तविक संसारको सम्बन्ध गाढा नहुञ्जेल सृजनाको रङ्ग गाढा बस्दैन। पछिल्लो कालखण्डका नेपाली साहित्य रङ्ग खुइलिइएको कपडा जुन भैरहेछ, त्यस्को यही कारण हो।

नेपालमा अहिले जताततै सिण्डिकेट चलेको छ र सिण्डिकेट सिण्ड्रोमबाट नेपाली साहित्य पनि अछुतो छैन।  

 सामाजिक, सांस्कृतिक र आर्थिक हैसियतबाट एउटा सर्जकको विश्वदृष्टि निर्माण हुन्छ भने सृजनाको श्रोत, आधार र 'क्याचमेण्ट' चाहीं उस्को सम्बन्ध, सङ्गत र उठबस नै हो। यही आँखाले उस्ले बिषय बस्तुलाई हेर्छ र त्यही अनुसार पाउँछ पनि।

यस दृष्टिकोणको अभावमा न त सर्जकले समाजको मर्म-व्यथा वुझ्न सक्छ न अन्तर्विरोधहरु पहिचान गर्न सक्छ न त यथार्थ र सजीव चित्र उतार्न सक्छ। यथार्थ जगत र समाजबाट टाढिएकै कारणले २०६३ सालको अन्तिमतिर आततायी वितण्डावादीहरुले तराईमा आफ्नै सामुन्ने पूर्वज-साहित्यसाधकहरुलाइ लत्याइरहँदा र अपमानित गरिरहँदा उनीहरुको हृदयमा सम्वेदनाको रस प्रवाह भएन।

अहिले पछिल्लो कालखण्डमा नेपाली साहित्य होहल्लाको खेती भएको छ ।

लक्ष्मीप्रसाद देवकोटा, सिध्दिचरण श्रेष्ठ, भानुभक्त आचार्यहरुको शालिक ढालिरहँदा र फालिरहँदा नेपाल प्रज्ञा प्रतिष्ठान, प्रगतिशील लेखक सङ्घ, नेपाल लेखक सङ्घ, लोकतान्त्रिक लेखक सङ्घ लगायत साहित्यिक सङ्घसंस्थाहरु र अगुवा साहित्यकारहरु मौन रहे। न त सृजनामा न त आवाजमा उनीहरुका एकशब्द कतै पढ्न र सुन्न पाइयो।

हे अगस्त्य मुनि, यसरी नेपाली साहित्य, नेपालका अन्य क्षेत्र झैं आत्माहीन, धोद्रो र सङ्कुचित हुँदैगएको सत्य हो। यति वर्णन गरेर कुमारजी मौन भए।

इतिश्री कुमार-अगस्त्य सम्वादे, नेपाल महात्म्ये, साहित्य खण्डे शुभम् ।

 

--

प्राप्त प्रतिकृयाहरू

अमर लेख्नुहुन्छ (२०७८ जेठ २२ शनिबार १०:५९ am )

साहित्यमा सिण्डिकेट छ । सही

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै