आज विश्व संगीत दिवस

काठमाडौँ : आज विश्व सङ्गीत दिवस । विश्वभर कोरोना भाइरस महामारीका कारण भौतिक रुपमा यो दिवस मनाउने अवस्था नरहे पनि यस क्षेत्रसँग सम्बन्धित संघसंस्थाले भर्चुअल माध्यमबाट सांगीतिक प्रस्तुतिका साथ मनाउँदै छन् । सङ्गीतलाई गायन, वादन र नृत्यको त्रिसंयोग मानिन्छ । 

यो दिवस पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रान्समा मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन २१ तारिखमा एक सयभन्दा धेरै देशमा विश्व सङ्गीत दिवस मनाउन थालिएको हो । 

ad

नेपालमा २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । सङ्गीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक–गायिका, लेखक–रचनाकार, सङ्गीतकार तथा सङ्गीत प्रेमीहरूको सहभागितामा सङ्गीत दिवस मनाउने गरिन्छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै