कुण्ठित व्यक्तिले पार्टीलाई नवजीवन  दिन सक्दैन: कांग्रेस नेता गुरुराज घिमिरे

नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिएसंगै सभापति लगायत पदाधिकारीमा दावी गर्न कांग्रेस नेताहरु व्यस्त देखिन्छन् । सभापति र महामन्त्री पदका लागि कांग्रेसमा एक किसिमको हानथाप नै देखिन्छ । यसै क्रममा कांग्रेस भित्र प्रष्ट र इमानदार नेताको छवि बनाएका गुरुराज घिमिरेले पनि महामन्त्रीमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । कोइराला-पौडेल पक्षका एक प्रभावशाली नेता मानिने उनी पार्टीमा नरमपन्थीका रुपमा पनि चिनिन्छन् ।उनी सभापति शेरबहादुर देउवापक्षका नेताहरुका बीचमा पनि उत्तिकै लोकप्रिय छ ।  प्रस्तुत छ , कांग्रेसको आसन्न १४औँ महाधिवेशन र महामन्त्रीमा उनको  दावीका सन्दर्भमा खुलामञ्चका लागि ठाकुर बेलवासेले गरेको कुराकानी : 

कांग्रेस  महामन्त्रीको लागि आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ , अब साँच्चै महाधिवेशन हुन्छ ,हो ?

ad

हेर्नोस्, उम्मेदवारीको कुरा गौण हो। मुख्य कुरा महाधिवेशनको सुनिश्चितता हो। हामीले सहज परिस्थिति हुँदा ध्यान दिन सकेको भए आजको अवस्था झेल्नुपर्ने थिएन।तथापि पनि महाधिवेशनको तयारी अघि बढिरहेको छ।अब यो रोकिदैन।पार्टी सभापतिले पनि तोकिएको समयमा महाधिवेशन हुने कुरा बारम्बार दोहोर्‍याएर बोलेको र प्रतिवद्दता जनाएको हामीले सुनेका छौं।अरु सबै रामचन्द्र पौडेल लगायतका  नेताहरु महाधिवेशन गराउन लाग्नु भएको छ।त्यसैले अब यसमा शंका नगरौं ।

राष्ट्रिय राजनीतिले जटिल मोड लियो भने बेग्लै परिस्थिति आउला र बैकल्पिक माध्यमबाट सम्पन्न गर्नुपर्ने परिस्थिति  आउला अन्यथा स्थापित विधि र प्रक्रियाबाट महाधिवेशन हुन्छ।अब म आफू कुन पदमा प्रत्यासी हुने भन्ने कुरा अघि नैं भनिसकें,त्यो तपसिलको कुरा हो।हाम्रो पुस्ता राष्ट्र चलाउने योग्यता राख्छ।


कांग्रेसमा  सभापतिको अनुकुल समय नहुञ्जेल महाधिवेशन गर्ने चलन छैन । अब सभापति देउवा अनुकुल समय आएको हो या  कांग्रेस नेतृत्वले  महाधिवेशनको दवाव थेग्न नसकेको हो ?

सभापतिको अनुकुल समय या प्रतिकुल भन्दा पनि महाधिवेशन सम्पन्न गर्नु उहाँको दायित्व र कर्तव्य हो।हामी लोकतन्त्रवादी हौं।यसलाई व्यवहार र अभ्यासले प्रमाणित गर्नुपर्छ।बिधानको सिमालाई पनि हामीले दृष्टिगत गर्नु पर्दछ।बिधान र संविधानको अधिकतम सिमा साढे पाँच बर्ष हो।त्यो समय सकिन लाग्दैछ।तसर्थ हामीसँग समयको सुविधा पनि छैन।यो व्यक्ति इच्छामा निर्भर बिषय पनि होइन।र नीजि मामला त  हुँदै होइन। लामो संघर्षमय यात्राबाट स्थापित  प्रजातान्त्रिक संस्था हो नेपाली कांग्रेस।यसलाई कसैले पनि मनोगत चाहना अनुसार चलाउनु हुदैन।नत्र यसका प्रतिको आस्था र जनभरोसा टुट्छ।

अहिलेसम्म प्राप्त जिम्मेदारीलाई सफलतापूर्वक पुरा गरेको छु।त्यसले पनि म मा उच्च आत्मबिश्वास पैदा गरेको छ।र साथीहरूले बिश्वास गरेमा जुनसुकै भूमिका निभाउन सक्छु जस्तो लाग्छ।

कांग्रेसको शक्तिशाली विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष र  कांग्रेसको केन्द्रीय सदस्यको राम्रो छवि बनाउनु भएका तपाईले महामन्त्रीको दावी गर्न १४ औँ महादिवेशन पर्खिनु पर्यो । यसमा तपाईले अग्रजको सम्मान गर्नभएको थियो , कि समय पर्खिनु भएको थियो ?

नेपाली कांग्रेस लामो इतिहास भएको, कठिन संघर्ष गरेको र असंख्यौं नेता कार्यकर्ता भएको नेपालको एकमात्र लोकतान्त्रिक पार्टी हो।म यसैभित्रको सामान्य कार्यकर्ता हुँ।समयले सुम्पेका केही  जिम्मेदारी पनि सम्हालेको छु।म भन्दा ज्यादा संघर्ष गरेका र दुख पाएका धेरै होनहार  साथीहरू हुनुहुन्छ।त्यसैले यहाँ अर्थात् पार्टी भित्र तिब्र प्रतिस्पर्धा छ।मैले माथि नैं भनिसके पद मेरा लागि गौण चिज हो।मेरो ध्यान पार्टीलाई व्यवस्थित र सुदृढ बनाएर हाम्रा सामुन्ने उपस्थित चुनौतीलाई परास्त गर्ने सामर्थ्य कसरी हासिल गर्ने भन्ने कुरामा छ।त्यस्तै नेपाली कांग्रेसप्रति जनभरोसा बढाएर जनताको साथ कसरी प्राप्त गर्ने भन्ने मेरो चिन्ता हो।यसका लागि सबल नेतृत्वको आवश्यकता छ।म आफू पार्टीका साथीहरूले राखेको स्थानमा बस्ने हो।पार्टीले म भन्दा अरुलाई नैं योग्य देख्यो भने साथीहरूलाई सहयोग गर्ने हो।पार्टीमा काम गर्न पद नैं चाहिन्छ भन्ने  छैन ।
अहिलेसम्म प्राप्त जिम्मेदारीलाई सफलतापूर्वक पुरा गरेको छु।त्यसले पनि म मा उच्च आत्मबिश्वास पैदा गरेको छ।र साथीहरूले बिश्वास गरेमा जुनसुकै भूमिका निभाउन सक्छु जस्तो लाग्छ।

तपाईले राजनीति सिकाएकाहरु निकै अगाडि बढेको अवस्था पनि छ नि त ?

सबै सहकर्मीहरु एकैसाथ रहेर नैं कुनैं परिणाम निकाल्न सकिन्छ।तर जिम्मेदारी प्राप्तिका दृष्टिले तलमाथि पर्न सक्छ।एउटा खुला लोकतान्त्रिक   पार्टीमा अघिपछि हुन सकिन्छ।योग्य र प्रतिभाशाली युवाहरुले उछिन्न पनि सक्छन्।क्षमतावान साथीहरूलाई बाटो छाडिदिनु पनि पर्छ,अन्यथा कुण्ठित व्यक्तिले पार्टीलाई नवजीवन  दिन सक्दैन।लोकतन्त्रको आधारभूत चरित्र नैं प्रतिभाको बिकास र संरक्षण  हो । अब आफुले बिताएका बर्ष गनेर मात्र योग्यता प्रमाणित हुदैन,कार्यसम्पादन पनि हेर्नु पर्छ।एउटा कुरा भने बिर्सनु हुदैन।त्यो के भने योगदान र त्यागको उच्च सम्मान ।

समाजका अपेक्षा असिमित छन् ,महात्वाकांक्षा बढेका छन् र चुनौती थपिएका छन् ।यसलाई सामना गर्नसक्ने व्यक्तिको आज आवश्यकता छ।यदि त्यस्ता व्यक्ति नयाँ पुस्तामा भेटिन्छन् भने अरुले बाटो छाडिदिनु पर्छ।

महामन्त्रीमा तपाईको उम्मेदवारी किन र केका लागि ?

मैले भने नि,चुनौतीहरु कडा छन् ,हाम्रो कार्यशैली भने परम्परागत छ।उस्तै शैलीमा उही काम गरेर राम्रो परिणाम निकाल्न सकिदैन।शैली फेर्नु पर्छ,तरिका बदल्नु पर्छ,प्राथमिकता निर्धारण गर्नु पर्छ।यो सबै काम पुरानो पुस्ताबाट सम्भव छैन।उहाँहरुको ध्यान अवसरमा मात्र देखिन्छ,त्यसलाई प्राप्त गर्ने योजनामा देखिदैन।राम्रो तयारी र मेहनत नगरी न त लोकतन्त्रको जगेर्ना गर्न सकिन्छ न त अपेक्षित नतिजा निकाल्न सकिन्छ। अहिले हामी सबैको दायित्व पार्टीलाई व्यवस्थित र सुसज्जित गर्नु हो।नेपाली कांग्रेसप्रति आम नागरिकको भरोसा बढाउने हो।र नेपालमा लोकतान्त्रिक प्रणालीका माध्यमबाट मात्र  समृद्धि हासिल गर्न सकिन्छ भनेर बिश्वास दिलाउने हो।आजसम्म लोकतन्त्र भनेको पार्टीतन्त्र र अझ त्यो भन्दा बढी नेतातन्त्र मात्र हो कि क्या हो भन्ने मात्र देखियो।यस्तो छाप र बुझाईले लोकतन्त्रको जरा बलियो हुदैन।नेपालको नयाँ पुस्ता राजनीतिक नेतृत्वबाट पुरै निराश छ।यसको कारण हामीले प्रदर्शन गरेको राजनीतिक व्यवहार हो।जनतालाई तुच्छ ठानेर जनताबाटै सहयोगको अपेक्षा गर्नु चरम मुर्खता हो ।त्यसैले हाम्रा आगामी कदम र व्यवहार जनभावना अनुकूल हुनुपर्छ।यसका लागि सबैभन्दा पहिले चुस्त दुरुस्त बनाउन आवश्यक छ।

क्षमतावान साथीहरूलाई बाटो छाडिदिनु पनि पर्छ,अन्यथा कुण्ठित व्यक्तिले पार्टीलाई नवजीवन  दिन सक्दैन।लोकतन्त्रको आधारभूत चरित्र नैं प्रतिभाको बिकास र संरक्षण  हो ।
 

महाधिवेशन नजिकिएसंगै खेमाका  चर्चाहरु पनि सुरु भएका छन् । तपाईको  पनि खेमा प्रष्ट छ कि ?

पहिलो कुरा त म कांग्रेसको सामान्य कार्यकर्ता हुँ,त्यो पनि बनमारा अर्थात् घुर्यानमा उम्रिएको बिरुवा। न मल जल न संरक्षण। आफ्नो सम्पूर्ण योग्यता र उमेर खन्याएर  सकि नसकि आफ्नै बलबुतामा उभिन कोसिस गरिरहेको।   राजनीतिमा मेरो कोही गडफादर पनि छैन। राम्रो काम गर्दा प्रोत्साहन कहिल्यै पाइन। बरु निरुत्साहित गर्ने धेरै भए । त्यसैले मेरो प्राथमिकता सिङ्गो पार्टी हो ,गुट होइन।तथापि पनि काम गर्ने दौरान खेमा त बनिहाल्दो रहेछ। म परम्परागत रुपमा कोइराला खेमा र हाल पौडेल समुहमा छु।
 

उपसभापति विमलेन्द्र निधिले  महामन्त्री डा.शशांक कोइराला र नेता प्रकाशमान सिंहलाई आफ्नो निवासमा बोलाएर गरेको  बैठकले कांग्रेसजनमा तरंग पैदा गरेको देखिन्छ । यसका बारेमा तपाईको विश्लेषण कस्तो  छ ?

यो छलफल समान्य कुरा हो।पार्टीमा यस्ता छलफल चलिरहन्छन।कार्यव्यस्तताले होला,धेरै समयदेखि यसरी भेट्न पाउनु भएको थिएन होला ।महाधिवेशनको प्रसंगमा भेट्नु  भयो राम्रै भयो।भेटमा पार्टी नेतृत्व कस्ले लिने या आफैले लिने जस्ता कुरा पनि भए भनेर चर्चा भएको छ।पार्टीका संस्थापक र स्थापित एवं सुपरिचित नेताका पुत्रहरुको भेटघाट  चर्चित पनि हुने नैं भयो।यसमा हामी बाहेक पनि कोही नेता त छैन पार्टी नेतृत्व सम्हाल्ने भनेर पनि खोजी गरिदिएको भए सुनमा सुगन्ध हुन्थ्यो ।

यो भेटलाई मैले सामान्य रुपमा लिएको छु।पार्टीको लागि पुँजीको रुपमा रहेका परिवारका सदस्यहरुको भेटघाट बेलाबेलामा भईरहनु पर्छ।

यस बैठकले उहाँहरु पारिवारिक विरासत खोज्दै हुनुहुन्छ भनने अर्थ लगाउन सकिन्छ ? 

राजनीतिक बिरासत बिश्वब्यापी यथार्थ हो।अझ दक्षिण एसिया त यसको सर्वाधिक प्रभाव रहेको क्षेत्र हो ।यहाँ त बिरासतको राजनीति हावी नैं छ।त्यसैले उहाँहरु अपवाद हुनुहुन्न।अब रह्यो दावीको कुरा,यसलाई आफ्नो योग्यता,पार्टीको आवश्यकता र राष्ट्रिय जरुरतको रुपमा प्रमाणित गर्न सक्नु भयो भने सार्थक बनाउन सक्नु हुन्छ।मैले अघि नैं भने नि उहाँहरु तिनै जना मिलेर चौथो व्यक्तिलाई सर्वसम्मत बनाउने बिकल्प पनि उहाँहरुसँग छ।उहाँहरुले समग्र पार्टीको चिन्ता गर्नु पर्छ,आफ्नो मात्र होइन।

नेपाली कांग्रेस नेपालको एकमात्र लोकतान्त्रिक पार्टी हो।यसप्रति जनताको ठूलो भरोसा छ, तर अहिले भरोसा निकै खस्केको छ।मुख्य कुरा खस्केको भरोसालाई पुनःस्थापना गर्नु आजको पहिलो आवश्यकता हो ।

अबको कांग्रेस कस्तो हुनुपर्छ ?

यो निकै जटिल प्रश्न हो।अब हेर्नोस्,राज्य नागरिक आवश्यकताले जन्माएको प्राचीन संस्था भएजस्तै राजनीतिक दलहरू लोकतान्त्रिक शासन प्रणालीका अभिन्न अंग हुन्।लोकतन्त्रलाई सफल वा असफल बनाउने मुख्य खेलाडी राजनीतिक दलहरु नैं हुन्।त्यसमा पनि नेपाली कांग्रेस नेपालको एकमात्र लोकतान्त्रिक पार्टी हो।यसप्रति जनताको ठूलो भरोसा छ, तर अहिले भरोसा निकै खस्केको छ।मुख्य कुरा खस्केको भरोसालाई पुनःस्थापना गर्नु आजको पहिलो आवश्यकता हो । कुनै उपाय नभएर बिदेश पलायन भएको युवा पुस्तालाई स्वदेश फर्काउनु अर्को चुनौती हो।पैसाको अभावमा उपचार नपाएर बर्सेनि हजारौं नेपालीको मृत्यु हुन्छ,यसलाई रोक्ने कसरी ?आर्थिक अभावमा लाखौं बालबालिकाहरु गुणस्तरीय शिक्षाबाट बञ्चित छन्।यो समस्या समाधान कसरी गर्ने रुयसको एउटै मात्र समाधान हो ,कांग्रेसलाई व्यवस्थित गर्ने ।कसरी गर्ने भन्ने लामो बहस हुन सक्छ।

एउटा बिस्तृत कार्य योजना हामीसँग  छ,त्यो समयक्रममा प्रस्तुत गरौंला ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै