सुरु भयो पत्रकार लाइसेन्सको बहस

काठमाडौंः  प्रेस काउन्सिल नेपालको आयोजनामा काठमाडौंको बुढानिलकण्ठमा सुरु भएको प्रेस स्वतन्त्रताको संरक्षण कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन पत्रकार लाइसेन्सको व्यवस्था हुनुपर्ने बताएका छन् । पत्रकारिताका विज्ञहरुबिच लाइलेन्सको व्यवस्थाका विषयमा छलफल सुरु भएको हो।

अन्तरक्रियामा बोल्दै पत्रकारलाई लाइसेन्स दिने व्यवस्थाले मर्यादित र जिम्मेवार पत्रकारिताको विकास हुने बताए । 

ad

लोकान्तर डटकमका प्रधान सम्पादक बिमल गौतमले पत्रकारिता क्षेत्रमा स्वतन्त्रताको नाममा पत्रकारिता क्षेत्र अराजक बन्दै गएकाले लाइसेन्सको व्यवस्था अनिवार्य गर्नुपर्ने बताए। पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले पत्रकार लाइसेन्सको व्यवस्था गर्दा लाइसेन्स प्रक्रियामा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले एउटा मोबाइलले सिंगो पत्रकारिता क्षेत्रमा चुनौती थपिएको भन्दै काउन्सिलको कार्यक्षेत्र, भूमिकालगायतका विषयमा सरोकारवाला निकायहरु नेपाल पत्रकार महासंघ, पेसागत संघ संगठन, विज्ञ लगायतसँग छलफल बहस गरी अघि बढ्नुपर्ने बताए। काउन्सिल त्यसखालको बहसका लागि सदैव तयार रहेको उनको भनाई थियो । रचनात्मक आलोचनाले काउन्सिलको स्वायत्ततालाई जोगाउने भन्दै उहाँले सबै क्षेत्रबाट सुझाव आवश्यक रहेको बताए । 

काउन्सिलका सदस्य ठाकुरप्रसाद बेलबासेले सहजीकरण गर्नुभएको कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष बाला अधिकारी, प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, काउन्सिलका सदस्य हरिप्रसाद जोशी, दीपक पाण्डे, गणेशप्रसाद पोखरेल, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, अधिवक्ता अनन्तराज लुइँटेल, विज्ञापन बोर्डका सदस्य बलराम थापा, चेतन अधिकारी, प्रेस काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, सहप्रशासकीय अधिकृत रामप्रसाद पोखरेल, उपप्रशासकीय अधिकृत राधेश्याम अधिकारीलगायतको उपस्थिति रहेको थियो।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै