पहिला शाकाहारी, अनि सरल जीवन !

मानिसको भोजनका बारेमा पौराणिक कालदेखि नै ध्यान दिएको पाइन्छ । यसै कारण  पौराणिक कालमा खानाबा बारेमा निकै महत्वपूर्ण दृष्टिकोणहरु आएका पाइन्छन् । पौराणिक काल मै  खानालाई तीन प्रकारले विभाजन गरिएको छ । तामास्विक, सात्विक  र राजस्विक  । 

फलफूल, सागपात , ताजा  खानेकुराहरु जसले शरीरलाई स्वास्थ्य बनाउँछ, त्यसलाई सात्विक खाना भनेर ब्याख्या गरेको पाइन्छ  ।

ad

मांसाहारी खाना, बासी खाना, धेरै चिल्लो, गुलियो खानाहरुलाई तामास्विक खाना भनेर ब्याख्या गरिएको पाइन्छ । यी खानाहरुले  शरीर र मनलाई नकारात्म असर गर्छ  ।

जुन खानाले शरीर र मस्तिष्कलाई क्रियाशील बनाउँछ त्यो खानालाई राजस्विक खाना भनिन्छ । राजस्विक खाना  स्वादिष्ट, मसलादार हुन्छन् ।  यी खानाको बढी प्रयोग गरेमा मस्तिष्कलाई अत्याधिक क्रियाशील बनाइ उत्तेजना बढाउँछ । जसले शरीरमा नकारात्मक असर गर्छ, भनिएको छ ।

शाकाहारी मानिसमा न कसैको डाहा हुन्छ । न त कसैप्रति शंका नै हुन्छ ।

 
शरीर र मनलाई स्वास्थ्य बनाउन शाकाहारी खाना आवश्यक छ । शाकाहारी खानाले शरीरलाई बलियो, मानसिक स्वास्थ्यलाई राम्रो र क्रियाशील बनाउने विभिन्न वैज्ञानिक  अनुसन्धानहरुले जनाएका छन् । शाकाहारी बन्नु आफैमा सरल बन्नु  हो । खानपानले मानिसको स्वभावलाई परिवर्तन गरिदिन्छ । सबै सरल बन्न चाहन्छन् । तर सरल बनाउने महत्वपूर्ण उपाय शाकाहारी बन्न भने कोही चाहँदैनन् । 

आज मानिसको स्वास्थ्यमा खराबी आउनुको मुख्य कारण खानपिन हो भन्ने तथ्यलाई सबैले स्वीकार गरेको अवस्था छ ।अमेरिकाको एक जर्नलको अनुसन्धानका अनुसार - शाहाकारी खानाले मोटोपन  घटाउनका साथै व्यक्तिको काम गर्ने क्षमतामा पनि बढाउँछ । उक्त अनुसन्धानले शाकाहारी खानाको प्रयोग गर्ने मानिसको गुणस्तरीय जीवन  भएको प्रमाणित गरेको छ । 

 
शरीर र मनलाई स्वास्थ्य बनाउन शाकाहारी खाना आवश्यक छ । शाकाहारी खानाले शरीरलाई बलियो, मानसिक स्वास्थ्यलाई राम्रो र क्रियाशील बनाउने विभिन्न वैज्ञानिक  अनुसन्धानहरुले जनाएका छन् ।


सम्पूर्ण रोगको एउटै कारण खाना र जीवन शैली हो, भन्ने कुरालाई  पनि विज्ञान समेतले प्रमाणित गरिदिएको छ । अमेरिकन डाइबेटिज एसोसिएसनले-  डाइबेटीज ,उच्च रक्तचाप,मोटोपन,मुटुरोग ,मस्तिष्कघात र केही क्यान्सरहरुको रोगथाम मात्रै होइन, उपचारमा पनि शाकाहारी खानाको धेरै प्रभाव पर्ने गरेको उल्लेख गरेको छ ।
मानिस शाकाहारी प्राणी हो, भन्ने कुरालाई समेत विज्ञानले स्वीकार गरेको छ । आममानिसले पनि शाकाहारी खानामा औषधिजन्य गुण हुन्छ भनने कुरालाई आत्मसाथ गरेको पायन्छ । तर त्यही कुरालाई व्यवहारमा लागु गरेको पाइँदैन । शाकाहारी खानामा एन्टी अक्सिजेन्टको मात्रा बढी हुन्छ ।  एन्टी अक्सिजेन्टको मात्रा  मांसाहारीमा खानामा पाइदैन । क्यान्सर ,मुटुरोग लगायतका किटाणुलाई  नष्ट गर्ने काम एन्टी अक्सिजेन्टको मात्रा बढी भएका खानेकुराले गर्छ । 

अमेरिकन डाइबेटिज एसोसिएसनले-  डाइबेटीज ,उच्च रक्तचाप,मोटोपन,मुटुरोग ,मस्तिष्कघात र केही क्यान्सरहरुको रोगथाम मात्रै होइन, उपचारमा पनि शाकाहारी खानाको धेरै प्रभाव पर्ने गरेको उल्लेख गरेको छ ।


शाकाहारी खाना, सागपात ,फलफूलहरुमा  फाइटोकेमिकल (Phytochemical) बढी पाइन्छ । यसले पनि क्यान्सर र  मुटुरोग हुनबाट बचनउने कुरालाई चिकित्सकहरुले दावी गर्छन् ।  । शाकाहारी खानामा धेरै फाइबर हुन्छ । मांसाहारीमा कम हुन्छ । फाइबरयुक्त खानाले कोलिस्टोर घटाउँछ, साथै आन्द्रा सम्बन्धी धेरै रोगबाट लाग्नबाट बचाउँछ । 
मांसाहारी खानामा सोडियमको मात्रा बढी हुन्छ । पोटासियम र म्यागनेसियमको मात्रा भने कम हुन्छ । सोडियमको मात्रा बढी  हुँदा  मानव शरीरलाई कमजोर बनाउँछ । रोग लाग्नमा सहयोग पनि गर्दछ । 

शाकाहारी खाना मानव शरीलाई कति उपयुक्त हो, भन्ने कुरालाई त विज्ञचिकित्सकहरुले नै प्रमाणित गरिदिएका छन्  । विभिन्न अनुसन्धान र चिकित्सकका कुराहरुलाई अध्ययन गर्ने हो भने  , छाला,नङ र कपाललाई स्वास्थ्य बनाउन शाकाहारी खानामा भएका पदार्थहरु अत्यान्त लाभदायीक हुने देखिन्छन् । 


शाकाहारी खानामा भने सोडियमको मात्रा कम हुन्छ । शाकाहारी  पोटासियम र म्यागनेसियम बढी हुन्छ । यसले गर्दा शाकाहारी खाना खाने व्यक्तिको प्रेसर मांसाहारीको तुलनामा कम हुन्छ । मुटु रोग र मधुमेह हुने सम्भावना पनि कम हुन्छ ।

 
शाकाहारी खाना मानव शरीलाई कति उपयुक्त हो , भन्ने कुरालाई त विज्ञचिकित्सकहरुले नै प्रमाणित गरिदिएका छन्  । विभिन्न अनुसन्धान र चिकित्सकका कुराहरुलाई अध्ययन गर्ने हो भने  ,छाला,नङ र कपाललाई स्वास्थ्य बनाउन शाकाहारी खानामा भएका पदार्थहरु अत्यान्त लाभदायीक हुने देखिन्छन् । आँखा र हड्डीलाई स्वास्थ्य बनाउन पनि शाकाहारी खाना उपयुक्त हुन्छ ।

 
शाकाहारी खानाले मानव स्वास्थ्यलाई मात्रै राम्रो गर्ने होइन । समाज शाकाहारी बन्दा वातावरणमा समेत सन्तुलन आउँछ । हजारौ वर्ष अघिका धर्म ग्रन्थ, शास्त्रहरुमा पुष्टि भएका विषयहरुमा नै अहिले वैज्ञानिक अनुसन्धान भइरहेका छन् । फेरि पनि ती अनुसन्धानहरुले पौराणिक ग्रन्थहरुले गरेका दावीहरुलाई नै प्रमाणित गर्दै आएको पनि छ ।

शाकाहारी खानेकुरा खाने व्यक्तिमा कुनैकुनै न्युटिसनको कमी हुन सक्ने सम्भावना पनि छ ।  तर अनावश्यक  न्युटिसन हुने सम्भावना भने हुँदैन । यता मांसाहारी व्यक्तिमा न्युटिसनको कम हुदैँन ।  बरु अनावश्यक न्युटिसन हुने सम्भावना बढी हुन्छ । शाकाहारी  मानिसमा न्युटिसनको कमी भएपनि स्वास्थ्यमा त्यति धेरै असर गर्दैन । तर मांसाहारी खानेमा अनावश्यक न्युटिसनका कारणले स्वास्थ्यमा नगरात्मक असर पार्छ ।

शाकाहारी खानेकुरा खाने व्यक्तिमा कुनैकुनै न्युटिसनको कमी हुन सक्ने सम्भावना पनि छ ।  तर अनावश्यक  न्युटिसन हुने सम्भावना भने हुँदैन । यता मांसाहारी व्यक्तिमा न्युटिसनको कम हुदैँन ।  बरु अनावश्यक न्युटिसन हुने सम्भावना बढी हुन्छ ।

 शाकाहारी खाने मानिसहरुमा पनि प्रोटिन ,आइरन, क्यालसियम,भिटामिन बि र भिटामिन डी लगायतको कमी हुन सक्छ । तर अनुसन्धानले यो प्रमाणित गरेको छ कि । यदि शाकाहारी खानाको राम्रो व्यवस्थापन गरे एउटा बच्चा, गर्भवती या वृद्धले पनि शाकाहारी खानामा मात्रै निर्भर भएर स्वास्थ्य हुन सक्छ । 

मांसाहारी व्यक्तिको तुलनामा शाकाहारी व्यक्तिलाई  सागपात ,फलफूल बढी खानु पर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार एउटा स्वास्थ्य व्यक्तिले दिनमा ५ पटक फलफूल र सागपात खानुपर्छ । तर जो व्यक्ति शाकाहारी छ , उसले चाहिँ ७–८ पटक आनुपर्छ ।

शाकाहारी मानिसमा रिसराग, व्देष निकै  कम हुन्छ । अनावश्यक महत्वाकाँक्षा पनि शाकाहारी व्यक्तिमा हुँदैन । शाकाहारी मानिसमा न कसैको डाहा हुन्छ । न त कसैप्रति शंका नै हुन्छ । शाकाहारी मानिस स्वस्थ हुने हुँदा उनीहरु सधै फुर्तिला देखिन्छन् । विज्ञहरुका अनुसार शाकाहारी मानिसमा डिप्रेसनको समस्या आउँदेन ।

(यो लेख विभिन्न विज्ञका प्रवचनहरु र लेख अनुसन्धानहरुका अध्ययनका आधारमा तयार पारिएको हो । -लेखक )

प्राप्त प्रतिकृयाहरू

अर्जुन केसी लेख्नुहुन्छ (२०७८ असार २७ आइतबार ९:५० pm )

शाकाहारी मानिसमा रिसराग, व्देष निकै कम हुन्छ । अनावश्यक महत्वाकाँक्षा पनि शाकाहारी व्यक्तिमा हुँदैन । शाकाहारी मानिसमा न कसैको डाहा हुन्छ । ..........हावा

कुसुम जैसी लेख्नुहुन्छ (२०७८ असार २७ आइतबार ९:४७ pm )

उपयोगी लेख । धन्यवाद लेखक मुनाजी ।

अरण थापा लेख्नुहुन्छ (२०७८ असार २७ आइतबार ९:४५ pm )

शाकाहारी मानिसमा न कसैको डाहा हुन्छ । न त कसैप्रति शंका नै हुन्छ । ============ गलत कुरा मुनाजी । म शाकाहारी केटीमान्छेबाटै पिडित छु ।

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै