ओली राजनीतिको वियोगान्त अवसान 

संजिव कार्की | [email protected]
लीको बहिर्गमन पछाडि कसैको हात छ भने त्यो उनको आफ्नैहरुको महत्वपूर्ण हात छ ।  जसरी नेपालबाट राजतन्त्र विस्थापनमा तत्कालन राजा ज्ञानेन्द्रको नकरात्मक योगदान थियो त्यसैगरी ओलीको बहिर्गमनमा उनको आफ्नो नकारात्मक योगदानलाई पनि कारणहरु भित्रको कारणको रुपमा लिएर विश्लेषण गर्ने पर्याप्त आधारहरु छन्  । दुईतिहाइको राप र ताप लिएर सत्ता चढेका ओली आफ्ना पार्टीका २३ सांसदले अविश्वास गर्दा ओइलेर सत्ताच्युत हुन पुगे ।

लुई चौधौको म नै राज्य हुँ भन्ने दम्भको  इतिहास पढेका आम मान्छेले ओलीले म नै बिधि बिधान मेरो मर्जी नै राज्यको सबथोक हो भन्ने भान दिलाएर आफूलाई सर्वेसर्वा बनाएर प्रस्तुत भए । फलस्वरूप आफ्नै पार्टीका नेता माधवकुमार नेपाल, झलनाथ खनालको म्याच फिक्सिंगको शिकार बनेर विलाप गर्दै, बिलौना गर्दै सत्ता छोड्नु पर्यो  र  अदालतले गलहत्याएर निकाल्नु पर्ने बिडम्बना युक्त नजिर छोडेर गए । 

ad

जताततै अनुकुलता सिर्जना गरेर सत्तारोहण गरेका ओली कल्पनानातित प्रतिकूलताको सामना गर्दै बाहिरिन बाध्य भए । काम गर्न कुनै पनि बाधा व्यवधान र अबरोध, घाँटीमा राजाको झुण्डी रहने तरवार समेत नभएको र विपक्षी पार्टी समेत सर्मानक हार खाएर टाउको उठाएर सरकारको शसक्त बिरोध गर्ने हैसियत नभएको अवस्थामा पनि ओलीले काम गर्ने अवसर गुमाए । 

इतिहास रच्न र बदल्न पाएको मौकालाई चुकाएर नुनचुक भरिएको घाउ बोकेर निस्के । आफूलाई देवत्वकरण गरेर इतिहास र वर्तमानको हेक्का राख्न नसक्दा एउटा घमण्डी र अहंकारी शासकको पगरी पाउन बाहेक आफूले गरेका कतिपय काम समेत ओझेलमा पर्ने गरि ओली अलोकप्रिय र अबैधानिक घोषित भए । 

संसद छलेर पटकपटक भागे, अध्यादेश मार्फत शासन गर्न पुगे जसको कारण अदालतको परमादेशरुपी सिस्नो पानीले ओलीलाई ठेगान लाउने दुखद परिस्थिति बन्यो । आलोपालोको प्रबन्ध समेत च्यातेर ढुक्क पाँच वर्ष शासन गर्ने अख्तियारी प्रचण्डबाट लिएका ओली प्रचण्ड र माधवलाई विश्वासमा लिएर काम गर्ने ल्याकत राख्न नसक्दा ओलीको आज राजनीतिक रुपमा के हाल भएको हो त्यो सर्वविधित नै छ ।

ओलीले पार्टी कार्यकर्ता आफ्नो गुट भक्त बनाउन सके तर देशभक्त र विवेकी पार्टी पंक्ति तयार गर्न समर्थ भएनन् ।
 

गहन जिम्मेवारी र कार्यकारी राजकीय भूमिकामा हुने मान्छेलाई विपक्षमा बसेको पार्टी र तिनका नेता कार्यकर्ता झैँ उदण्ड र छाडा हुने बहकिने छूट हुदैन तर ओली र उनका भक्त नेताकार्यकर्ता सत्तामा बसेर पनि धैर्य गुमाएका, जिम्वेवारी नभएका राजनीतिक पार्टीक नेता कार्यकर्ता जस्ता अराजक र छाडा मैमत्त बने  । जुन सत्ता पक्ष हुनुको नाताले शोभनीय होइन । उत्ताउलो विपक्षी पार्टी झैँ सत्ताको एउटा हिस्सा देखिनु ओली सत्ताको ओरालो यात्राको एक कारण भित्र पर्छ।

धैर्य सहनशीलता र जिम्वेवारी सत्ता पक्ष हुनुको नाताले अपेक्षा गरिने भूमिका हो । तर सत्ता र सडक दुवैमा सत्ता निस्कने दुर्लभ घटना ओली राज नेपालमा सम्भव भयो । जुन अत्यन्तै अस्वाभाविक राजनीतिक पात्र र पात्रताको अभ्यास हो । ओलीले पार्टी कार्यकर्ता आफ्नो गुट भक्त बनाउन सके तर देशभक्त र विवेकी पार्टी पंक्ति तयार गर्न समर्थ भएनन् ।

पाँच वर्षे सत्ताको लालमोहर पाएका ओली यसरी चिप्लनु र चिप्ल्याइनुमा उनका किचेन क्याबिनेट देखि सल्लाहकारको असक्षम मण्डलीको विवेकहीन सल्लाह अनि ओलीले जस्तो कदम चाले पनि त्यसको प्रतिवाद गर्न नसक्ने विज्ञ समुहको लाचारी र जस्तोसुकै निर्णयको पनि बचाउ गरेर जस्टिफाइ गर्न खोज्ने प्रवृतिले ओलीलाई अवसानको यात्रामा बल पुग्यो ।

पार्टी र देश दुवै हाक्न अनुकुल समय थियो तर त्यो अनुकुलता क्रमशः प्रतिकुलातामा बदलियो । आफ्नै पार्टीका नेता कार्यकर्ता चिढाए केही आफ्नो गुट र अरु पार्टीका नेता कार्यकर्तासँग चोचोमोचो मिलाए । तर बैधानिक राजनीतिमा अबैधानिक कदम र गलत स्टेप रोक्ने कानुनी प्रबन्धले नराम्रोसँग गुमराहमा परे । जसको परिणाम सत्ता साझेदारी गर्दा लिएका कदम बारम्बार चिप्लियो । ओलीको सपना र रहर अनि महत्वाकांक्षी प्रवृतिमा बन्देज लगाउनु पर्ने संबैधानिक अवस्था पैदा भयो । अकन्टक पाँच वर्षे सत्ताको लालमोहर पाएका ओली यसरी चिप्लनु र चिप्ल्याइनुमा उनका किचेन क्याबिनेट देखि सल्लाहकारको असक्षम मण्डलीको विवेकहीन सल्लाह अनि ओलीले जस्तो कदम चाले पनि त्यसको प्रतिवाद गर्न नसक्ने विज्ञ समुहको लाचारी र जस्तोसुकै निर्णयको पनि बचाउ गरेर जस्टिफाइ गर्न खोज्ने प्रवृतिले ओलीलाई अवसानको यात्रामा बल पुग्यो ।

विवेकी र विज्ञ सल्लाहकार समुहले गलतलाई गलत भनेर रोक्ने सच्याउन दबाब दिने र परि आए असहयोग गर्ने नीति लिएको भए ओलीको राजनीतिक अवसान यो रफ्तारमा नहुन सक्थ्यो । तसर्थ उनलाई घेरामा राख्ने अकर्मन्य दूरदर्शिता गुमाएका सल्लाहकार प्रशासकहरुको पनि ओलीको यति छिटो राजनीतिक पतनमा हात रहेको निस्कर्ष निकाल्न सकिन्छ। दम्भ, अहंकार र घमण्डको शासकीय आयू सकभर लामो हुदैन कथंकदाचित भएछ भने पनि त्यो मुल्यवान र स्मरण लायक हुन्न ।  भन्छन नि घमण्डले फुल्ने मात्रै हो फैलने होइन । जसको ताजा उदाहरण नेकपा एमाले र ओली प्रवृतिलाई हेरे पुग्छ।दुई तिहाई बहुमत भएको पार्टी आज फैलेर होइन खुम्चेर निरिह बन्यो त्यो गतिशील जीवन्तताको अभावमा भएको देखिन्छ ।सत्ताले अरुको सम्मान गर्ने विनयशिल बन्ने र जिम्वेवारी बोध गर्ने परिपाटी विकास गर्छ नकी उत्ताउलो र छाडापन ।

ओली कहिल्यै र कुनै पनि मानेमा नसच्चिने बरु भाचिने सोच र शैलीको देखेपछि माधवकुमार नेपाललगायत नेताहरुले ठूलो राजनीतिक जोखिम मोलेर एमालेको क्षति खपेर भए पनि देशलाई अराजकताको बाटोमा हिडाउने ओली भन्दा कम खराब देउवालाई काँध हाल्न तयार हुनुभयो ।

प्रधानमन्त्री ओली र उनका अन्ध समर्थकहरुले सत्ताको माद र घमण्डमा आफ्नै पार्टी र अरु पार्टी सहित सामान्य असहमत मान्छेलाई जसरी बोले जस्तो ब्यबहार गरे त्यसको प्रतिछाया शायद अहिले देख्दै होलान ।आफ्नो शक्तिशाली दल विग्रहमा पुगेर सत्ताको जुन नाजुक स्थिति सहित बाहिरिनु पर्यो त्यो एक नैतिक मान्छेको लागि सहन गर्ने विषय र रोज्ने स्टेप होइन ।

बौद्दिक र दूरदर्शी राजनीतिज्ञले परिस्थतिको आंकल पहिले नै गर्छ र चिप्लिए पनि धुलो टकटकाउदै उठ्ने र आफुलाई सच्याउने पहल गर्छ । ओलीले मेरो गोरुको बार्है टक्का गर्नुभयो र आफ्नो हुकुम सनकलाई राज्यको कानुन र नियमले नछुने धमास दिनुभयो । मैले जे गरे त्यो नै ठिक र अन्तिम सत्य भन्ने अज्ञानताले ओलीमा घर गर्यो ।

ओली कहिल्यै र कुनै पनि मानेमा नसच्चिने बरु भाचिने सोच र शैलीको देखेपछि माधवकुमार नेपाललगायत नेताहरुले ठूलो राजनीतिक जोखिम मोलेर एमालेको क्षति खपेर भए पनि देशलाई अराजकताको बाटोमा हिडाउने ओली भन्दा कम खराब देउवालाई काँध हाल्न तयार हुनुभयो । पार्टीगत लाभ हानीको राजनीतिमा तत्काल माधवलाई घाटा होला तर देसको संबैधानिक ट्रयाक सही ठाउँमा हिडन मदत पुगेको छ । अराजकता र अन्योल कसैको सह्य हुदैन भन्ने उदाहरण माधव लगायत अन्य विद्रोही कमरेडहरुले दिएर देशमा संबैधानिक सर्वोच्चताको रक्षा गरेका छन् ।

आफ्नो ज्ञानको दयारा छिप छिपे मात्र भएको र त्यो भन्दा पर पनि रिसर्च र ज्ञानको असिमित भण्डार छ । भन्ने तत्वबोध नहुनु आफूले जानेको मात्रै अन्तिम सत्य लाग्नु ओलीका छिटो देखिने कमजोरी हुन् ।

सत्ताबाट बाहिरिनु नै राजनीति सकिनु होइन भन्ने उदाहरण स्वयं ओली हुनुहुन्छ जो २०७३ मा सत्ता छोड्दा अग्लो नैतिक उचाई लिएर निस्कनु भएको थियो त्यो नैतिक उचाई अरु पुरस्कृत भएर २०७४ को संसदीय चुनावमा आफू र पार्टी आफ्नो गठबन्धन भारी मतले विजय भएको थियो  िहिजो राजनीतिक नैतिकता र राजनीतिक पूजीको प्रयाप्त ब्यालेन्स थियो तर आज अदालतले गलहत्याएर निकाल्दा ओलीसँग भविष्यको लागि जोहो हुने कुनै पनि राजनीतिक पुंजी नरहेको र भएको पनि क्षत विक्षत भएको देखिन्छ।

यद्दपि राजनीति सम्भावना र सबै विकल्पलाई स्थान दिने खेल भएकोले देउवा झैँ कुनै काकताली र भाग्यमानीको भूतै कमारो बनेको स्थिति प्रकट भएमा ओलीलाई सत्ताले पुन निम्ता नदेला भन्न त सकिन्न तर उनको सत्तारोहण संख्यात्मक होला गुणात्मक र आकर्षण दिने र सम्मोहन बाँकी हुने छैन जुन कुरा ओलीले गुमाईसके । पर पिडनमा मज्जा मान्ने ओलीले आफू सत्तामा रहदा कसैलाई पेच हान्न र हुर्मत लिन छोडेनन। आफ्नै पार्टीका कतिपय नेता र कार्यकर्तासँग असहिष्णु र अमर्यादित भएर प्रस्तुत भएका ओली सत्तामा बसेर सबैलाई होच्याउन पाउदा दंग पर्थे। अनावश्यक विषयमा प्रवचन दिन माहिर ओली बोलीमा संयमता नराख्दा पुरै नग्न र हास्यको पात्र बने। आफूलाई केन्द्रमा राख्ने र आफ्ना अग्रज र २०५१ का लोकप्रिय प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीलाई दिनुपर्ने श्रेय दिन पनि तयार भएनन् ।

पूर्वजप्रति समेत सम्मान गर्न नचाहने ओली एमालेको सबै जस आफ्नो पोल्टामा राखेर हिड्न चाहे।

पूर्वजप्रति समेत सम्मान गर्न नचाहने ओली एमालेको सबै जस आफ्नो पोल्टामा राखेर हिड्न चाहे। बहुदलीय ब्यबस्थामा पार्टीको मार्ग निर्देशन र पार्टी घोषणा पत्र नै सरकारको मार्गचित्र हुनुपर्छ तर ओलीले सरकारले पार्टी चलाउने पार्टीले सत्ता चलाउने होइन भन्ने नजिर बसाउन चाहे । जुन कुरा २०५२ सालमा कांग्रेसको पनि समस्या बनेको थियो । कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर हल्लाउने विवाद स्वर्गीय गणेशमानले उठाउनु भएको थियो ।


धेरै कुराको सतही ज्ञान राख्ने ओली आफूले जाने भन्दा बढी ज्ञान अरुसँग नरहेको र आफूले जे भने पनि मान्छेले पत्याईहाल्छन भन्ने भ्रममा थिए उिनको बोलीलाई लिएर कुनै तर्क प्रमाण र वैज्ञानिक तथ्य माग्दा मैले बोलेको मैले भनेको भनेर आफ्नो सूचना नै अन्तिम सत्य भएको भन्दै दम्भका साथ मैले बोलको मैले भनेको भनेर हाँक नदिन भन्थे । तर्क र तथ्य खोज्नेलाई सार्वजनिकरुपमा खिल्ली उडाउथे ।

आफ्नो ज्ञानको दयारा छिप छिपे मात्र भएको र त्यो भन्दा पर पनि रिसर्च र ज्ञानको असिमित भण्डार छ । भन्ने तत्वबोध नहुनु आफूले जानेको मात्रै अन्तिम सत्य लाग्नु ओलीका छिटो देखिने कमजोरी हुन् । विकास स्थिरता र सुशासन अनि समृद्ध नेपालको नारा दिए पछि धेरै नाजायज कुरा जायज हुन्छ भन्ने विश्वासको कारण ओलीले प्रधानमन्त्री पद र रास्ट्रपति पदको गरिमा धुलोपिठो पारे ।अहम् र भ्रमको ठूलो खाडल खनेर रमे, रमाएका ओली अन्ततः त्यही खाडलमा आफै जाकिए । संसद्को दुई दुई पटक हत्या गरेर पनि आफू संसद र जनताप्रति उत्तरदायी र आफ्नो लोकतान्त्रिक निष्ठा रहेको राजनीति जीविका होइन जीवनको दुहाई दिने र चुनाव नै सबैकुरा भन्दै जनतामा जान आफू नडराउने भन्दै चुनाव नै लोकतन्त्रको मेरुदण्ड बारम्बार बोलिरहे  ।

राजनीतिक रुपमा ओलीको उत्थान र पतनको विगत वर्तमान र आगत रोमान्चक कहालीलाग्दो र विष्यमलाग्ने होला । पढ्दा खेरि सुन्दा खेरि तर देश र व्यक्ति स्वयं ओलीका लागि भने यो पालिको बिदाई पीडादायी र विस्मृतिमा पुग्नु पर्ने नै छ । 

जुनसुकै बेला चुनाव र प्रधानमन्त्रीको सनक पिछे नै चुनाव भए के हुन्छ भन्ने कुराको जबाफ दिन भने सक्दै नसकी बिदा भए सिंसदमा बिश्वास गुम्नासाथ चुनाव भन्ने ओली सबै समस्याको निदान चुनाव मात्रै हो भन्ने विवेकहीन तर्कमा निर्लज्ज बनेर संसद्को हुर्मत लिन लागिपरे । समझदारी रोजेर तिक्तता छोडेर उदार हृदय बनाएका भए ओलीले आफ्नो पांच वर्षे कार्यकाल ढुक्कले सक्ने थिए कम्तिमा स्थिर सरकारको नेपाली जनताको सपना एक कार्यकाल भए नि पुरा हुन्थ्यो । एक शासकको शासकीय अराजकताले पार्टी मात्रै छिन्नभिन्न भएन नेपाली जनताको विकास शान्ति र समृद्दिको सपना पनि घायल भयो । यति हुदाँ हुँदै पनि राज्यसँग द्रोह गरेर अलग राज्य माग्ने सिके रावत र राज्य विप्लव र हिंसाको बलमा जनवाद ल्याउने अभिस्ट बोक्ने नेत्र विक्रम चन्द विप्लवको शान्तिपूर्ण अवतरण ओली युगका कालो बादल भित्रका चाँदीका घेरा हुन् । ओलीले काम नै नगरेका भने होइनन तर यो विराल कोटीको अनुकुलतामा जे र जति गर्नु पर्थ्यो त्यति गर्न सकेनन् । काम नगर्नु मात्रै असक्षमता होइन क्षमता अनुसार काम गर्न नसक्नु पनि जिम्वेवारी लिएर पनि उदासिन हुनु असक्षमता हो ।

राजनीतिक रुपमा ओलीको उत्थान र पतनको विगत वर्तमान र आगत रोमान्चक कहालीलाग्दो र विष्यमलाग्ने होला । पढ्दा खेरि सुन्दा खेरि तर देश र व्यक्ति स्वयं ओलीका लागि भने यो पालिको बिदाई पीडादायी र विस्मृतिमा पुग्नु पर्ने नै छ ।  फुईवाद र लाफिंग थेरापिका प्रवर्दक ओलीको क्षमता व्यंग्यवाण हान्न र पर पिडन बोल्न अब्बल देखियो । देश बनाउन ओलीले जे गर्नु पर्थ्यो त्यो नगरी लज्जास्पद हार खाएर आफ्नै पार्टीको अविश्वास पाएर दुखद विश्राम लिनु पर्यो । राजनीतिमा सत्ताको आरोहण र बहिर्गमन अस्वाभाविक हुदैन । तर ओलीको बहिर्गमन अस्वाभाविक र अदालती आदेशमा, फैसलामा पुगेर अडियो ।

नेपालको राजनीतिले गर्नु पर्ने बिदाई ओलीको मात्र होइन । समग्र ओली प्रवृतिको हो जुन प्रवृति हरेक पार्टीमा काइ झैँ जमेर बसेका छन्। अबको राजनीति मरेको घोडालाई चाबुक हानेर समय वर्बाद गर्नु होइन पाइनदार भनिएको घोडा किन अल्पायुमा नै मर्यो भन्ने समीक्षा गर्नु पनि हो । समीक्षात्मक बन्न र ओली प्रवृतिबाट सबैले पाठ सिक्न जरुरि छ अन्यथा राजनीतिले उचित कोर्ष पक्रन सक्दैन ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै