नेपाली समाज , जनयुद्ध र कर्णालीका महिला

तिर्सना हमाल | सुर्खेत
 भनिन्छ, महिला सिङ्गो ब्रह्माण्डको आधा धर्ती  । आधा आकाश  हुन् । महिलाको महत्त्व सृष्टि सृजनामा कति छ , भनिरहनु पर्ने कुरा होइन । विश्व राजनीतिको इतिहासमा महिलाको भूमिका अतुलनीय र अत्यन्तै सराहनीय छ। सिङ्गो मानव इतिहासमा महिलाले गरेको त्याग, संघर्ष , समर्पण बलिदानको गाथा अपार एवं अव्यक्त छ।

 विश्व राजनीतिका ठूलाठूला परिघटना एवम् क्रान्ति परिवर्तनहरुमा महिलाले नेतृत्व गरेर सहभागी भएर आफ्नो पहिचानलाई उच्च बनाउने काम गरेको इतिहास भेटिन्छ। 

ad

विश्वमा क्लारा जेट्क्लिन, जेनि मार्क्स, रोजा लक्जम्वर्ग जस्ता क्रान्तिकारी महिला नेतृत्वले संसारमा सिमित घेराभित्र रहने महिलाहरूमा छुट्टै पहिचान बनाउदै परिवर्तनको ज्वाला ओकल्दै नेतृत्व गर्ने क्षमता छ , भन्ने पुष्टि गरे। विश्वको पहिलो महिला  महिला राष्ट्र्पति अर्जेन्टिना कि इसावेल पेरो, पहिलो महिला प्रधानमन्त्री श्रीलंकाका सिरिमाओ बन्दरानाइके, पाकिस्तानकी  महिला प्रधानमन्त्री बेनजिर भुट्टो, म्यानमारकी नेता आङसाङ सुकि लगायत थुप्रै महिला हस्तीले राजनीतिक इतिहास निर्माण गरेका छन् । 

 सम्झौ त ! जनयुद्ध भन्दा अघिसम्म शहरबजारका महिला पनि  घरधन्दामा सिमित थिए । आज वस्तीवस्तीका महिलाहरु जागेका छन् । अब पनि महिलालाई घरभित्रै कैद गरेर  छोरीको नाममा गलत व्याख्या गर्ने हो भने भविश्यले धिर्काने छ । 

नेपालकै सन्दर्भमा सती प्रथाको विरुद्ध विद्रोह गरेर नेपाली समाजको अत्यन्तै घृणित कुप्रथालाई चुनौती दिने साहस गर्ने महिला योगमाया को योगदानलाई गौण मान्न सकिदैन। ६८ जना भन्दा बढीलाई लिएर समाजको कुरिती, राज्यको महिला माथिको अन्याय अत्याचारप्रति विद्रोह जनाउदै अरुण नदीमा आत्मदाह गर्ने साहसिक कदमको कसरी मूल्याकंन गर्ने ?

महिलालाई ज्यूदै चितामाथि जल्न बाध्य बनाएको तत्कालीन समाजका कति आततायी पूर्ण व्यवहार थिए । भन्ने कुरा इतिहासका काला पानाहरुमा भेटिन्छन्। हामीलाई त आजभोलि कथा जसता लाग्छन् ।  ती अवस्था अनि व्यवस्थाहरुले  नेपाली राजनीतिमा महिलाको चासोलाई मुखर गरेको छ । 

माओवादी जनयुद्धमा  महिलाहरुले युद्ध मोर्चा सम्हालेर पुरुष सरह लडाईँ लडे । 

राणा शासन विरुद्धको विद्रोह, प्रजातन्त्र स्थापनाको निम्ति भएको २००७ सालको आन्दोलन, पञ्चायती शासन व्यवस्था विरुद्ध बहुदलीय व्यवस्था स्थापनाको आन्दोलनमा अग्रणी भूमिकामा रहेको कुराबाट प्रष्ट हुन्छ। 

तत्कालीन नेकपा माओवादी पार्टीको नेतृत्वमा  अढाइ सय वर्ष लामो राजतन्त्रको अन्त्यका लागि भएको विद्रोह  र नेपालमा गणतन्त्र स्थापनाका निम्ति भएको दस वर्षे सशस्त्र युद्धमा राजनीतिक, सामाजिक, आर्थिक परिवर्तनका निम्ति महिलाहरूको देशका विभिन्न स्थानहरूबाट उल्लेखनीय सहभागिता देखियो।  माओवादी जनयुद्धमा  महिलाहरुले युद्ध मोर्चा सम्हालेर पुरुष सरह लडाईँ लडे । 

विकट क्षेत्र कर्णालीका महिलाहरू पनि आफ्नो अधिकारको लडाइँमा,सम्पूर्ण व्यक्तिगत संसार त्यागेर मुक्ति या मृत्युको लडाइँमा आफूलाई प्रतिबद्ध गर्दै युद्धमा होमिए।

सामन्ती चरित्रको नेपाली समाजको उत्पीडनबाट प्रताडित महिलाहरू चुलोचौकोबाट मुक्त हुँदै मुक्ती आन्दोलनमा होमिए। के रहर थियो र त्यो क्रान्तिमा आफुलाई सरिक गर्न ? महिलाहरुले आफू माथिको अन्याय, भेदभाव, अत्याचारको पर्खाल भत्काएर स्वतन्त्रताको सुन्दर समाजको परिकल्पनामा आफूलाई समाहित गरे।

देशको एउटा भौगोलिक रुपमा विकट क्षेत्र कर्णालीका महिलाहरू पनि आफ्नो अधिकारको लडाइँमा,सम्पूर्ण व्यक्तिगत संसार त्यागेर मुक्ति या मृत्युको लडाइँमा आफूलाई प्रतिबद्ध गर्दै युद्धमा होमिए। परिआउँदा कर्णलीका महिलाहरु आज पनि क्रान्ति हाँक्न तयार छन् । युद्ध या क्रान्तिबाट पछि हट्ने छैनन् ।  

हाम्रो पुरुषप्रधान समाजले महिलालाई कहिले पनि आफू बराबरको भन्ने सोच र व्यवहार देखाउन चाहेन र सकेन। लैङ्गिक विभेदको जाँतोमुनि महिलालाई राखेर नेपाली समाजले विकास चाह्यो, परिवर्तन चाह्यो। महिलाको मुक्ति, महिलालाई अधिकार सम्पन्न नबनाइकन ।  महिलालाई आफू सरहको मानव नसोच्ने पुरुषवादी सोचको अन्त्य नगरीकन  । के यो परिवर्तन सम्भव थियो त ?  पक्कै पनि कदापि थिएन।

कर्णालीको भौगोलिक विकट अनि शिक्षा र चेतनाको कमजोर पहुँचले महिलाका अनेकन पीडा र समस्याहरु छन्। यो क्षेत्रमा महिलाले राजनीति गर्नु कम चुनौतीपूर्ण छैन। चुनौतीका भीमकाय पहाडहरुसंग संघर्ष गरेर महिलाहरु राजनीतिक क्षेत्रमा सहभागी हुनुपर्ने अवस्था छ।

परिआउँदा कर्णलीका महिलाहरु आज पनि क्रान्ति हाँक्न तयार छन् । युद्ध या क्रान्तिबाट पछि हट्ने छैनन् ।  


यस क्षेत्रमा महिलाहरू दशवर्षे जनयुद्ध पूर्व राजनीतिमा सहभागि त के चासो पनि राख्देन थिए । नेतृत्व तहमा पुग्ने त कुरै छोडौ। महान् जनयुद्धको विकास क्रमसंगै राजनीतिमा कर्णालीका महिलाहरूको उल्लेख्य सहभागीता भएको देखिन्छ। साथै नेतृत्व तहमा पनि महिलाले आफूलाई अब्बल सावित गरेको देखिन्छ। जनयुद्धको सुरुवाती चरणमा कालिकोट माल्कोटको विथलडाँडामा महिलाले राज्यका प्रहरीको हतियार खोसेर सामन्ती सत्ताविरुद्ध विद्रोह गरेको ऐतिहासिक घटनाले विश्वभरि चर्चा पायो।जनयुद्धका थुप्रै ऐतिहासिक घटनाहरुमा महिलाको उल्लेख्य सहभागीता र नेतृत्व देखिन्छ। त्यसैगरी शान्ति प्रक्रियामा आए पश्चात् कर्णालीबाट पहिलोपटक महिला मन्त्रीको रुपमा सत्या पहाडी हुनुभयो। यो कर्णाली क्षेत्रमा  महिला पनि नेतृत्व तहमा पुगेको एउटा ज्वलन्त उदाहरण हो। 


कर्णालीका महिलाहरू आज पनि विविध समस्याहरू संग जुधेर अघि बढिरहेका छन्। यो क्षेत्रका महिलाहरुलाई संगठित गर्न, सामाजिक परिवर्तनका निम्ति एकाकार गर्न, विविध काम कारबाहीहरुमा सहभागीता जनाउन आज पनि थुप्रै समस्याहरु छन्। हाम्रो पुरुषवादी समाजको मानसिकतालाई तोड्नका लागि महिलाहरूको राजनीतिमा सहभागीता अत्यन्तै आवश्यक देखिन्छ। 


त्यसमाकर्णालीमा महिलामाथि गरिने भेदभाव पूर्ण व्यवहार, महिलालाई चुलो, चौको र घाँस दाउराको पर्खाल लगाउने प्रवृति, छोरी भनेको अर्काको घर जाने जात हो भन्ने मानसिकता, महिला शालीन, भद्र, लजालु भएर जस्ले जे भन्छ त्यही कुरालाई सहमति जनाउने हुनुपर्छ । भन्ने सोच राख्ने कुप्रवृति देखिन्छ। 

महिलाहरू अघि बढेको देख्न नचाहने, घरभित्रै बाट घेराबन्दी गर्ने, असमानताका पर्खालहरु सृजना गर्ने यी प्रवृतिहरु तोड्नका निम्ति महिलाको राजनीतिमा सहभागीता, महिला राजनीतिक नेतृत्व तहमा पुग्नु अनिवार्य देखिन्छ।

छोरीलाई शिक्षाको पहुँचबाट टाढा राख्ने, छोरी जन्मेमा अभिशाप ठान्ने, समाजको लहैलहैमा लागेर छोरीमाथि अन्याय, अत्याचार भएका धेरै घटनाहरु भेटिन्छन्। यी सबै कुराको समाधानका निम्ति कर्णालीका महिलाहरू राजनीतिमा सहभागी भएर नेतृत्व तहमा पुग्नु आवश्यक देखिन्छ। नीतिनिर्माणको तहमा पुगेर महिलाहरूका समस्याहरुलाई जोड्दार ढंगले न उठाउँदा सम्म अधिकारको लडाइँलाई बलियो न बनाउँदा सम्म महिलालाई  हेर्ने दृष्टिकोणमा परिवर्तन न ल्याउदा सम्म पुरातनवादी सोचमा नै समाज जकडिएर बसिरहन्छ। 


महिलाहरू अघि बढेको देख्न नचाहने, घरभित्रै बाट घेराबन्दी गर्ने, असमानताका पर्खालहरु सृजना गर्ने यी प्रवृतिहरु तोड्नका निम्ति महिलाको राजनीतिमा सहभागीता, महिला राजनीतिक नेतृत्व तहमा पुग्नु अनिवार्य देखिन्छ।

 
परिवर्तनका लागि पुरूषको भन्दा महिलाको हात ठूलो हुन्छ , भन्ने  कुरा पुरूषसमाजले बुझ्न जरुरी छ । महिलाले पनि कमजोर छु , भन्ने  हीनता फ्याक्न आवश्यक छ  । आज मुलुकाको सुदूर विकट वस्तीबाट महिलाले राजनीतिमा चुनौति दिँदैछन् । अवसर  पाउँदा नेपाल िमहिला पनि संसारकै उदाहरणीय महिला बन्न सक्छन् भन्ने महानजनयुद्धले स्थापित गरेको छ । 


 सम्झौ त ! जनयुद्ध भन्दा अघिसम्म शहरबजारका महिला पनि  घरधन्दामा सिमित थिए । आज वस्तीवस्तीका महिलाहरु जागेका छन् । अब पनि महिलालाई घरभित्रै कैद गरेर  छोरीको नाममा गलत व्याख्या गर्ने हो भने भविश्यले धिर्काने छ । 

लेखक :  अनेरास्ववियु (क्रान्तिकारी ) केन्द्रिय सदस्य तथा माओवादी नेतृ हुन । 

प्राप्त प्रतिकृयाहरू

अनुराधा लेख्नुहुन्छ (२०७८ असार ३१ बिहीबार १:४५ pm )

माओवादी युद्धले महिलालाई सक्षम त बनायो तर मुलुकमा बलात्कार र महिला हिंसा पनि बढे !

Madan kathayat लेख्नुहुन्छ (२०७८ असार ३१ बिहीबार १२:२४ pm )

राम्रो छ!

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै