मुगुको ताँजाकोटमा इन्टेरनेट सेवा अवरुद्ध

मुगु : मुगुको खत्याडको नेटा भन्ने ठाउँमा रहेको इन्टरनेट टावरमा आएको खराबीका कारण ताँजकोट गाउँपालिकामा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

असार मसान्तको चापाचापको समयमा गाउँपालिकामा जोडेको वल्र्डलिंकको इन्टरनेटले काम नगरेपछि भुक्तानी दिने काम प्रभावित बनेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले जानकारी दिए । 

ad

गाउँपालिकामा केही दिनयता नेटले काम नगरेपछि केही स्रेस्ता लिएर एक दिनको पैदलबाटो अदानचुलीको श्रीनगरमा आएर काम गर्नुपरेको गाउँपालिका स्रोतले जानकारी दिएको छ ।

नेट नचलेपछि ताँजकोटमा भएको ग्लोबल आइएमई बैंकले दिने सेवासमेत प्रभावित बनेको छ । सालतमामीको समयमा इन्टरनेटले काम नगरेपछि निकै गाह्रो भएको भन्दै बैंकका पव बुढाले अत्यावश्यक भुक्तानी र अन्य काम अदानचुली शाखाबाटै चलाउनुपरेको बताए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै