कृतिसमीक्षा : 'स्वर्णिम रहस्य'भित्र जीवनको आनन्द !

डा. भूवन भट्ट
लामो समय बेलायत बसेर पढेकी प्रोफेसर स्मीता दाहालसँग मेरो परिचय अध्यापनकै क्रममा भएको हो । उनी केही समयलाई भोलिन्टिएरका रुपमा नेपाल आएकी थिइन् । उनको बौद्धिक विचार र व्यवहारले म उनीसँग झ्याम्मिएको थिएँ । केही समयको बसउठपछि उनले मलाई भनिन्, ‘भूवन, नेपाली भाषामा जीवनपयोगी किताव केके छन् ।’मैले केही दर्शनसाहित्यका केही कितावहरुको नाम दिएँ । उनी सन्तुष्ट भइनन् । भनिन्, ‘मैले यस्ता किताव भनेको होइन । जुन सामान्य मानिसले पनि पढ्न सकुन् र धेरै कुरा बुझ्न र व्यवहारमा उतार्न सकुन् । त्यस्ता किताव छैनन् ?’त्यतिखेर म नाजवाफ भए । अहिले उनी बेलायत फर्कीसकिन् । नत्र म उनलाई ‘स्वर्णिम रहस्य’ पढ भनेर दिने थिएँ । र उनी निराश हुने थिइनन् सायद । 

सफल र सार्थक जीवनको मापन केहो ? के पैसा कमाउनु र मानप्रतिष्ठा हासिल गर्नु मात्रै जीवनको सफलता हो । सफल मानिसका मानक कुराहरु केके हुन् । यी र यस्तै प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरेका छन् लेखक खेम शर्माले 'स्वर्णिम रहस्य’ सफल र सन्तुष्ट जीवनका लागि कितावमा । 

अहिले मानिस हरसमय भागदौडमा व्यस्त छ । शान्त र सन्तुष्ट बन्ने नाममा मानिस झन बढि व्यस्त भएको छ । लेखक खेमले मानिसहरुका असन्तुष्टी र अप्ठ्याराहरुलाई व्यवहारिक रुपमा केलाउँदै सहज जीवनका सुत्रहरु समेटेर पुस्तक लेखेका छन् । जुन युवादेखि वृद्धसम्मका लागि उपयोगी र प्रभावकारी रहेको छ । उनले मन, बुद्धि, दृश्य, वाणी र श्रवणबीचको सन्तुलन जीवन हो र यसलाई सचेत भएर परिचालन गर्नुपर्छ भन्ने लेखेका छन् । कर्मन्द्रीय र ज्ञानेन्द्रीयबीचको सन्तुलनबाट मात्रै मानिसले सन्तोष र सुख भेट्छ भन्न लेखकको ठहर धेरैलाई प्रिय लाग्छ । 

सफल र सार्थक जीवनको मापन केहो ? के पैसा कमाउनु र मानप्रतिष्ठा हासिल गर्नु मात्रै जीवनको सफलता हो । सफल मानिसका मानक कुराहरु केके हुन् । यी र यस्तै प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरेका छन् लेखक खेम शर्माले 'स्वर्णिम रहस्य’ सफल र सन्तुष्ट जीवनका लागि कितावमा । 


आजकालका मानिसमा व्यस्थता बढेको छ । पुग्ने कहाँ हो थाहा छैन तैपनि हिडिरहेछ मानिस । यसौ भनौ मानिस हिडिरहन अभिशप्त छ । सूचना प्रविधिको बढ्दो प्रयोग र आधुनिक बन्ने होडबाजीले मानिसमा नैतिकता र अनुशासन हराउँदै गएको छ । गुगलमा सबै कुरा सहजै खोजेजस्तो सहज छैन नैतिकवान मानिस भेट्न । हरकोही सफल हुन चाहान्छ । तर उसले अनुशासन बिर्सेको छ । उसले नैतिकता पोलेर खाएको छ । अहिलेका मानिस जसरी पनि धनी हुनु छ । प्रतिष्ठित हुनुछ । उसँग ज्ञान र असलपना होस् नहोस् तर सबैले मान्ने हुनुछ ।

अहिलेको यो व्यस्त समाजमा धैर्यवान मानिस पाउनु निकै मुस्किल छ । सबै भागदौडमा छन् । हो यही हतारोमा रहेका मानिसहरुलाई सम्वोधन गरेर खेम शर्माले स्वर्णिम रहस्य लेखेका छन् । हाम्रो जीवन शैलीमा गरिएको सामान्य सुधारले हामी सहज जीवन जिउन सकिन्छ र त्यसका लागि थोरै प्रयासहरु नै पर्याप्त हुन सक्छ – कितावको मुल मर्म यहि हो । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले मानिसको दैनिकी बदलिएको छ । सोच्ने तरिका फेरिएको छ । एकचोटी मानिस अन्तरमनतर्फ मोडिएको छ । असल र खरावको ख्याल गर्ने मानिसलाई एकचोटी फेरि बाध्य बनाएको छ । कोरोनाको विश्वव्यापी महामारीपछि मानिसले आफ्नो महत्व मात्र बुझेन परिवार र समाजप्रतिको उसको दृष्टिकोण पनि बदलियो । अहिले मानिसले पहिलो प्राथमिकतामा स्वास्थ्यलाई राख्न थालेको छ । तपाई मानप्रतिष्ठाभन्दा ठुलो कुरा तपाईको जीवन हो । स्वस्थ्य र सन्तुष्ट जीवन । सफलता मापन आफैले गर्ने हो । आफुभित्रै खोज्ने हो खुशी र आफुमै रमाउने हो सधैँ ।

 
व्यवहारिक शिक्षा र अनुशासनले भरिएको यस कितावले आत्मअनुशासन सिकाउँछ । हुन पनि अनुशासनविना मानिस सफल हुन सक्दैन । र यस कितावमा आत्मअनुशासनका २५ सुत्र छन् । यसलाई अनुशरण गरेर जो कोही पनि सहज जीवन बाँच्न सक्छन् ।

 
कोभिड कालले विश्वभरि समस्या ल्यायो । दुःख र हैरानी ल्यायो । तर यही हैरानीका बीच घरमा सिमित रहेका मानिसहरुले केही महत्वपूर्ण सृजनशील कामहरु गरे । त्यसैमध्येको एक महत्वपूर्ण उपलब्धि हो – स्वर्णिम रहस्य’ सफल र सन्तुष्ट जीवनका लागि ।

 
लेखक खेम शर्माको यस पुस्तकले जीवनको गहिराईलाई समेट्न खोजेको छ । जीवनको रहस्यलाई सजिलोसँग लेखेका छन् । मानिसका असीम इच्छा र रहरहरुलाई सम्वोधन गरेको छ । आध्यात्मवाद र भौतिकवादको दोबाटोमा उभिएर अनुशासित, सुखी र सफल बन्न उत्पे्ररणा दिएको छ । आध्यात्मलाई बैज्ञानिक र व्यवहारिक रुपमा आम मानिसले बुझ्ने भाषामा लेख्नु नै लेखकको विशिष्टता हो ।

 
लेखक खेम पछिल्लो १२ वर्षदेखि अष्ट्रेलियामा छन् । विदेशी भूमिमा रहेर कोरोना कालमा यिनले चेतनाको यात्रा गरे । त्यही चेतनाको यात्रामा उनले लेखेको अनुपम कृति हो यो । यसभित्र खेमले सफल जीवनका सरल विधिलाई २५ बुँदामा सुत्रबद्ध गरेका छन् । उनले काम र विश्रामबीचको सन्तुलन, समय र परिस्थितिबीचको तालमेल तथा मनोविज्ञान र शरिरबीचको सम्वन्धलाई सजिलोसँग लेखेका छन् । 

आध्यात्मलाई बैज्ञानिक र व्यवहारिक रुपमा आम मानिसले बुझ्ने भाषामा लेख्नु नै लेखकको विशिष्टता हो ।


यो समय आफैले आफैलाई चिन्न नसकेर दुख कष्ट पाएका मानिसहरुको समय हो । यहाँ हरेक मानिस आफुभित्रको मानिसलाई चिन्न नसकेर हैरान छ । आफुभित्र रहेको ज्ञान र चेतनाको अन्तर्य नबुझेर दुःखी भएका मानिसहरुलाई लेखक खेम शर्माले सुखउन्मुख जीवनका सुत्रहरु सिकाएका छन् । उनले मानिसलाई आफैभित्र निहाल्न आग्रह गर्छन । सफल र खुशी जीवनका लागि सुत्रबद्ध अभ्यासका गर्न अपील गरेका छन् । आफैलाई प्रेम गर्न जान्नेले मात्र दुनियालाई प्रेम गर्न सक्छ भन्ने लेखेका छन् । 


खेम शर्माको स्वर्णिम रहस्यमा आम मानिसका व्यस्थता र भागदौडलाई सरल र उपयोगी बनाउने उपायहरु छन् । हरपल दौडिरहेका हामीहरुको गन्त्यव्य कहाँ छ ? किन हामी सधैँ हतारमा हुन्छौं ?  भोलिका लागि भन्दै आज बाँच्न बिर्सिरहेका हामीहरुले चाहेको जीवन कस्तो हो ? किताव पढिरहँदा यही प्रश्नले तपाई हामीलाई झस्काइरहन्छ । स्वर्णिम रहस्य भित्रका हरेक हरफले हामीलाई आफ्नो बारे सोच्न सिकाउँछ । आफुभित्र नपसी संसार बुझिदैन भनेर बताउँछ । हरेकलाई आफनो जीवनबारे सोच्ने र आफ्नो समयलाई सम्मान गर्ने बनाउँछ । लेखक खेम शर्मा असल र समुन्नत समाज चाहान्छन् । त्यसका लागि प्रत्येक मानिस असल बन्नु पर्छ — लेखकको चाह यही हो ।

 
व्यवहारिक शिक्षा र अनुशासनले भरिएको यस कितावले आत्मअनुशासन सिकाउँछ । हुन पनि अनुशासनविना मानिस सफल हुन सक्दैन । र यस कितावमा आत्मअनुशासनका २५ सुत्र छन् । यसलाई अनुशरण गरेर जो कोही पनि सहज जीवन बाँच्न सक्छन् । हरेक मानिसका लागि उपयोगी यो किताव संग्रणीय छ । उपहारमा समेत यस्ता कितावहरुलाई बढावा दिनुपर्छ । यस्ता किताव पढेर मात्र पुग्दैन अरुलाई पनि पढ्न दिनु पर्छ । समाजलाई समुन्नत बताउन यस्ता कितावको प्रचारप्रसार अनिवार्य छ  । 

पुस्तक :  स्वर्णिम रहस्य , विधा : दर्शन , प्रकाशक : प्रिती दाहाल शर्मा , संस्करण : २०७८ पहिलो , पृष्ठ : १६० , मूल्य :  ४०० रुपैयाँ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै