दक्षिण अफ्रिकाद्वारा आयरल्याण्ड ७० रनले पराजित

काठमाडौँ : अन्तिम तथा तेस्रो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । शुक्रबार राति भएको खेलमा आयरल्याण्डलाई ७० रनले हराउँदै दक्षिण अफ्रिका विजयी भएको हो । 

दक्षिण अफ्रीकाले दिएको ३ सय ४७ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ७६ रन मात्र बनाउन सक्यो ।

ad

आयरल्याण्डका सिमि सिंहले शतकीय पारी खेले । उनले ९१ बलमा एकसय रन बनाएका थिए । यस्तै कुर्टिस क्याम्फरले ५४ रनको अर्धशतकीय खेल्दा ह्यारी टेक्टरले २९ रन जोडे ।

दक्षिण अफ्रीकाका एडिले र ताब्रेज शाम्सीले ३–३ तथा केशब महाराजले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४६ रन बनाएको थियो ।

दक्षिण अफ्रीकाका जान्नेमन मालनले शतकीय पारी खेले । १६९ बल खेलेका उनले अविजित रहदै १ सय ७७ रनको योगदान दिए । यस्तै क्विन्टन डी ककले पनि १ सय २० रनको शतकीय पारी खेले भने रुस्सी भान डेरले ३० रन बनाए ।

आयरल्याण्डका जोश लिटलले २ विकेट लिए ।

दक्षिण अफ्रीकाको जितसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै