तीन दिनसम्म देशभर भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौँ : जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट मनसुन थप सक्रिय भएको जनाएको छ । आजबाट लुम्बिनी, गण्डकी, सुदूरपश्चिम तथा प्रदेश १ मा मनसुन थप सक्रिय भएको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । 

उनका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराइ भूभाग नजिकै आएर बसेका कारण अझै दुई–तीन दिन वर्षाको मात्रा बढ्ने देखिएको छ । उनले आगामी सोमबारसम्म भारी वर्षा हुने भएकाले सावधानि अपनाउन आग्रह गरेकी छन् ।

ad

महाशाखाका अनुसार अहिले बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानका साथै प्रदेश १, २, वाग्मती प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यस्तै आज दिउँसो पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस क्रममा प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघगर्जन र चट्याङसहितको भारी वर्षा हुने महाशाखाको अनुमान छ । 

महाशाखाले आगामी २४ घण्टामा भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र  नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै