लघुकथा: सुर्ता

कुतर्कहरूको ज्यादतीमा तर्कहरूले आत्महत्या गरेपछि,मस्तिष्कले अचानक आशौच बार्न थाल्यो ।
तर्क पहिले तर्क नै थिए, पछि केहीले रूप फेरेर कुतर्क बने । अनि तर्क र कुतर्कको बाझाबाझ भयो । अनि बाझाबाझ हिंसामा बदलियो ... अनि मस्तिष्कको आशौच !

तर्कहरूको लास सम्झ्यो कि सिङ उम्रेला जस्तो पीडा हुन्थ्यो । कुतर्कहरूको अनुहार सम्झ्यो कि आगोको लप्कानिस्केला झैँ गरी आँखा पोल्थ्यो ।

ad

आशौचमा नूनखानु हुँदैनथ्यो, रक्तचाप बढ्न सक्थ्यो । चिनीखानु हुँदैनथ्यो, ग्लुकोज बढ्न सक्थ्यो । शुद्धहावा र विशुद्धकालो चियामा केही समय बितेपछि मस्तिष्कमा फेरि नयाँतर्कहरू टुसाउन थाले । हेर्दाहेर्दै केहीतर्क फेरि कुतर्कमा बदलिए ।

दायाँतिरबाट एउटा टुसातर्कले सोध्यो –“यो दुनियाँ तैँले बनाएको हो ?“
“होइन“ मस्तिष्क अलमलिएन ।

बायाँतिरबाट कुतर्कले सोध्यो –“कसले भन्यो यो दुनियाँ एकलौटी तेरो मात्रै हो ?“
“कसैले भनेन “ मस्तिष्क सचेत थियो । 
कुन्नि कसले पो भन्यो –“अनि आफैँले आफैँलाई दुःखदिएर किन बित्थाको आशौच ?“
“हो त नि है !“
मस्तिष्कले आफैँलाई धिक्का¥यो, आशौच छोट्याएर उठ्यो र सुस्तरी कसम खायो –“तर्क र कुतर्क आफ्नै खेतिपातीका प्रतिफल हुन्,अब साक्षीबस्छु, आशौच बार्दिन ।“
एकैछिनमा मस्तिष्कलाई फेरि सुर्ता लाग्यो –“छरछिमेकमा फैलिएको आशौचको महामारी पनि कसैले छोट्याइदिए हुन्थ्यो ।“
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै