जताजता भन्छन् गुरु चेलो सर्छ त्यतैत्यतै
जताजता  सजिलो छ  मेलो सर्छ त्यतैत्यतै
मलाई पछ्यायो भनि नरिसाऊ हे सुन्दरी 
थाँक्रो हुन्छ जताजता बेलो सर्छ त्यतैत्यतै।।

नाङ्गाका कथा उही छन् भोकाको कथा उही छ
हत्केलाका ठेला अनि फोकाको कथा उही छ
यो नाथे  गणतन्त्र त  पाजीहरूको  पेवाभो
मुलुकले ब्यहोरेको धोकाको  कथा उही  छ।।

ad

चोरकै हातमा परेपछि  साँचोका सब झुत्ताहरू
रङरङका मोटर किने फाले चप्पल जुत्ताहरू 
एक गाँस नपाई रोगाएर मरेका छन् कोही कोही
विलासी जीवन बिताउदै छन् देश खाने कुत्ताहरू।।

ऐँचोपैँचो भारोपर्म गरौँ भन्दा’निमान्दिनौ
सम्झनामा केहीकर्म गरौँ भन्दा’निमान्दिनौ
यो कलिहो पापै मात्र बढेको छ  दुनियाँमा
मिलीजुली दान धर्म गरौँ भन्दा’निमान्दिनौ।।

फुलेका फूलहरू नाजायज हँुदैनन् 
नदीमा पुलहरू नाजायज हुँदैनन् 
गल्ती होला कि भनेर नजिकै पर्दिनौ
कतिपय भुलहरू नजायज हुँदैनन्।् ।

जानीजानीपाइलाहरू भड्खालोमाहालेपछि
नचिनेर   हिरालाई पत्थर भनिफालेपछि
गरिबको दिनदशाअब शुरू भयो देशमा
आफ्नै रक्त  चुसाएर  भोकाउडुस  पालेपछि।।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै