पहिलो एकदिवसीय क्रिकेटमा भारत विजयी

काठमाडौँ : पहिलो एकदिवसीय क्रिकेटमा भारत विजयी भएको छ । कोलम्बोमा आइतबार राति भएको खेलमा घरेलु टोली श्रीलंकालाई ७ विकेटले पराजित गर्दै भारत विजयी भएको हो ।

श्रीलंकाले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको भारतले ३६ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

ad

भारतका लागि कप्तान शिखर धवन र इशान किशनले अर्धशतकीय पारी खेले । धवनले ८६ र किशनले ५९ रनको योगदान गरे ।  

यस्तै, पृथ्वी शले ४३, सूर्यकुमार यादव ३१ र मनिस पाण्डेले २६ रन बनाए ।

श्रीलंकाका धनञ्जय सिल्भाले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६२ रन जोडेको थियो ।

श्रीलंकाका चामिका करुनारत्नेले ४३ रन बनाउँदा कप्तान डसुन शनकले ३९ रन बनाए । यस्तै चारिथ आश्लन्का ३८, मिनोद भानुका २७ तथा भानुका राजपाक्षेले २४ रनको योगदान गरे ।

भारतका दिपक चाहर, युजभेन्द्र चाहल र कुलदिप यादवले २–२ विकेट लिए ।

यो जितसँगै भारतले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै