एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा कलाकार शशांक बस्यालको उम्मेद्वारी

अष्ट्रेलिया : कलाकार शशांक बस्यालले अष्ट्रेलियामा हुने एनआरएनए को निर्बाचनमा उम्मेदवारी दिएका छन् । अष्ट्रेलियामा फिल्म मेकिङको अध्ययन गर्दै आएका बस्याल पढाइसंगै बिभिन्न सास्कृतिक, सामाजिक  कार्यक्रम सक्रिय छन् । 
जुलाइ ३१ मा हुन गइरहेको एनआरएनए को निर्बाचनमा युवापुस्ताको प्रतिनिधित्व गर्दै शशांकले SCC Member : (NSW) सदस्य पदमा  उम्मेदवारी दिएका हुन ।  नेपाल र 
नेपाली विद्यार्थीको हकहितको लागि आफु सदैव सकारात्मक रुपमा अगाडि बताउने बस्यालले नेपाललाई पर्यटन गन्तव्यको रुपमा चिनाउन विदेसी  समुदायमा सहकार्य गर्ने , युवा वर्र्ग लक्षित बिभिन्न कार्यक्रम सञ्चालन गर्ने र नेपाली कला सस्कृतिलाई विश्व समुदायमा चिनाउन विविध कार्यक्रमहरु  गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 
कला क्षेत्रको प्रतिनिधित्व गर्दै चुनावमा होमिएका कलाकार बस्यालले आफूलाई  अष्ट्रेलिया वसोवास गर्ने  नेपालीले साथ दिने कुरमा  विश्वस्त रहेको बताएका छन् ।  
शशांकले सकुन्तला , चिँ मुसि चिँ सिनेमामा कलाकारको रुपमा काम गरेका थिए । भने आधा दर्जन म्यूजिक भिडियो तथा अष्ट्रेलियन बिज्ञापनहरु मा अभिनय गरिसकेका छन् । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै