नेप्से परिसूचक १३ अंकले बढ्यो, सिनर्जी बैंकको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौंः साताको दोस्रो कारोबारको दिन आज सेयर बजार परिसूचक नेप्से  १३.९७ अंकले बढेर २९९४.५८ अंकमा पुगेको छ । त्यस्तै कवर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.०२ अंकले घटेर ५६०.९४ अंकमा आएको छ । 

आर्थिक वर्ष २०७८–७९ को पहिलो दिन हिजो नेप्से परिसूचक ९७.२१ अंकले बढेर २९८०.६१ अंकमा बन्द भएको थियो ।

ad

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ । आज विभिन्न २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४कित्ता सेयर ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार रुपैयाँ बराबरमा कारोबार भएको छ । 

आज कारोबारमा आएकामध्ये ८ उपसूचक बढेको छ भने ५ उपसूचक घटेको छ ।

आज व्यापार समूह सबैभन्दा बढी ५.२२ प्रतिशतले बढेको छ । यस्तै सबैभन्दा बढी विकास बैंक समूह ०.३८ प्रतिशतले घटेको छ ।

खरिदबिक्री रकमका आधारमा एनआइसी एसिया बैंक ३५ करोड ४१ लाख रुपैयाँभन्दा बढीसहित पहिलो स्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र नेपाल बंगलादेश बैंक परेका छन् । सिनर्जी पावर डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

नयाँ सरकार गठनपछि सेयर बजारमा सकारात्मक वृद्धि भएपछि लगानीकर्ता उत्साहित भएका छन् । 

अर्थमन्त्री जनार्दन शर्माले सेयर बजार जनहितमा रहेको बताएका थिए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै