कक्षा १२ को परीक्षा सञ्चालनको तयारी, आज परीक्षा बोर्डको बैठक बस्दै

काठमाडौँ : कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कक्षा १२ को परीक्षा सञ्चालनका लागि सर्तसहित अनुमति दिएको छ । 

सिसिएमसीको अनुमति पछि परीक्षाको मिति तय गर्न आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ ।

ad

गत जेठमा तय गरेको परीक्षा कोरोना भाइरसको संक्रमण उच्च भएपछि स्थगित भएको थियो ।

बोर्डले कम्तीमा तीन हप्ताको समय राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । बोर्डले परीक्षा सञ्चालनका विषयमा हिजो जिल्लास्थित बोर्ड कार्यालयहरुसँग परामर्श समेत गरेको छ ।

बोर्डले साउन अन्तिम वा भदौ १ गतेबाट परीक्षा सञ्चालनको तयारी गरिरहेको बुझिएको छ । 

कक्षा १२ का विद्यार्थी भएको विद्यालयमा होम सेन्टर राखेर शतप्रतिशत परीक्षा लिने तयारी छ । कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै