दक्षिण अफ्रिकाद्वारा आयरल्याण्ड ३३ रनले पराजित 

काठमाडौँ : आयरल्याण्डविरुद्धको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दक्षिण अफ्रीका विजयी भएको छ ।  डुब्लिनमा सोमबार भएको खेलमा आयरल्याण्डलाई ३३ रनले हराउँदै दक्षिण अफ्रीका विजयी भएको हो । 

दक्षिण अफ्रीकाले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।

ad

आयरल्याण्डका ह्यारी टेक्टरले ३६ रन बनाए । त्यस्तै, बेरी म्याककार्थी ३०, कप्तान एन्डी बलब्रिने २२ तथा जोस लिटलले १५ रनको योगदा गरे । 

दक्षिण अफ्रीकाका ताब्रेज सामीले ४ तथा लुंगी एनजिडी र जर्ज लिन्डेले २–२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो ।

दक्षिण अफ्रीकाका एडिन मार्कमले सर्वाधिक ३९ रन जोडे । यस्तै डेभिड मिलर २८, रस्सी भान डेर २५ तथा क्विन्टन डी ककले २० रन बनाए ।

आयरल्याण्डका मार्क एडिअरले ३ तथा सिमि सिंह र जोस लिटलले २–२ विकेट लिए ।

यो जितसँगै तीन खेलको टी–ट्वान्टी सिरिजमा दक्षिण अफ्रीकाले १–० को अग्रता बनाएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै