नेप्से दोहोरो अंकले घट्यो, कारोबार ७ अर्ब ८९ करोडमा सीमित 

काठमाडौंः साताको तेस्रो कारोबारको दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । 

नेप्से परिसूचक ९.०१ अंकले घटेर २९८५.५७ अंकमा झरेको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत २.८२ अंकले घटेर ५५८.११ अंकमा आएको छ । 

ad

सरकार परिवर्तनपछि निरन्तर बढिरहेको नेप्से आज भने घटेको हो । 

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ ।  आज विभिन्न २१९ कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता सेयर ७ अर्ब ८९ करोड ७५ लाख ४ हजार २६९ रुपैयाँ बराबरमा कारोबार भएको छ । 

आज कारोबारमा आएकामध्ये ८ उपसूचक घटेको छ भने ५ उपसूचक बढेको छ ।

आज बैंकिङ समूह ०.०४ प्रतिशतले घटेको छ । म्यूच्यल फण्ड ६.२५ प्रतिशतले बढेको छ । 

खरिदबिक्री रकमका आधारमा अरुण काबेली हाइड्रोपावर ३८ करोड ७८ लाख रुपैयाँभन्दा बढीसहित पहिलो स्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशःअरुण भ्याली हाइड्रोपावर र नेपाल इन्सुरेन्स परेका छन् । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको  सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

 

 


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै