कक्षा १२ को परीक्षा साउन ३१ देखि सुरु हुने

काठमाडौंः कक्षा १२ को परीक्षा आगामी साउन ३१ गतेदेखि सुरु हुने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । 

ad

साउन ३१ गतेबाट सुरु भएको परीक्षा भदौ ९ गते सकिने बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए । 

विद्यार्थीले सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै परीक्षा दिन पाउनेछन् । कक्षा १२ मा यस पटक तीन लाख ८६ हजार विद्यार्थी छन् । 

परीक्षा तालिका र मिति आजै बोर्डको वेबसाइटमा राखिने उनले बताए ।

गत जेठमा तय गरेको परीक्षा कोरोना भाइरसको संक्रमण उच्च भएपछि स्थगित भएको थियो ।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै