मैलुङखोला जलविद्युत्ले साउन १४ देखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौंः  मैलुङखोला जलविद्युत् कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । 

नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको अनुमति पाएसँगै कम्पनीले  साउन १४ गतेदेखि आईपीओ बिक्री गर्ने लागेको हो । 

ad

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको सात लाख ३६ हजार २८६ कित्ता साधारण सेयर बिक्री गर्न अनुमति पाएको हो 

कम्पनीले कुल निष्कासनमध्ये १४ हजार ७२६ कित्ता कर्मचारी र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषको लागि छुट्ट्याएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधारणको लागि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।

आयोजना प्रभावित स्थानीयलाई भने कम्पनीले यसअघि नै आईपीओ जारी गरिसकेको छ ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १  लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । आवेदन छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म दिने सकिनेछ । 

आवेदकले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

मैलुङखोला जलविद्युत् कम्पनीकोसेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

आइपीओ निष्कासनका लागि केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा नगरेको वा छिट्टै पूरा गर्न नसक्ने जनाउँछ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै