थप २८३८ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु 

काठमाडौंः नेपालमा थप २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ७१५ पीसीआर परीक्षणमा १ हजार ९१८ र ३ हजार ९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

ad

यस्तै,पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोही समयमा संक्रमणका कारण  ३० जनाको मृत्यु भएको छ ।

यसैबीच काठमाडौं उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना संक्रमित भेटिएका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै