भीम रावललाई भेटेर माधव नेपाल टोखाबाट फर्किए

काठमाडौंः  नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल उपाध्यक्ष भीम रावललाई भेटेर फर्किएका छन् । 

रावललाई भेट्न रावलको निवास टोखा पुगेका नेपाल केहीबेरअघि त्यहाँबाट फर्किएका हुन् । 

ad

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट भएका रावलले आइताबार संसद पदबाट राजीनामा दिएका थिए । 

रावल आज नेपालले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन् । 

उक्त बैठकमा नेताहरुले नेपाललाई रावललाई भेट्न सुझाव दिएपछि नेपाल रावलाई फकाउन टोखा पुगेका हुन् ।

नेपाल र रावलबीच के कुराकानी भयो भन्ने विषय भने खुलाइएको छैन ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै