जसपा विवाद निरुपणमा आज पनि सुनुवाइ हुने 

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)को विवाद निरुपण गर्न निर्वाचन आयोगको इजलास आज पनि बस्दैछ । आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ ।

साउन ३ गते आइतबारदेखि निर्वाचन आयोगको इजलासमा जसपाको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुरु भएको हो । आयोगले आइतबार दुवै पक्षलाई आफूसँग भएको सक्कल प्रमाण झिकाउन आदेश दिएको थियो ।

ad

प्रमुख आयुक्त दिनेश थपलिया नेतृत्वको इजलासमा आइतबार निवेदकको पक्षबाट बहस भएको थियो । अर्को पक्षले जवाफ बहस शुरु गरेपछि इजलासले सक्कल प्रमाण झिकाउन आदेश दिएको थियो भने जसपा विवाद हेर्दाहेर्दैमा राखिएको थियो ।

आयोगको इजलासले बुधबारदेखि निरन्तर सुनुवाइ गर्दै निर्णयमा पुग्ने निर्णय गरेको भए पनि सो दिन मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल ओहा) अवसरमा सरकारले सार्वजनिक बिदा दिएका कारण सुनुवाई आज हुन लागेको हो ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिइने आयोगले जनाएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ ।

जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्ष दुवैले पार्टीमा आधिकारिकता दाबी गरेका छन् ।

आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्सीय इजलास गठन गरेको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै