टोकियो ओलम्पिक : ब्राजिल र नेदरल्यान्ड्सको सानदार जित

काठमाडौँ : टोकियो ओलम्पिक २०२० अन्तर्गतको महिला फुटबलमा ब्राजिल र नेदरल्यान्ड्सले सानदार सुरुवात गरेका छन् ।

बुधबार राति भएको खेलमा चीनलाई ५–० गोलले हराउँदै ब्राजिलले फराकिलो जित दर्ता गरेको हो । 

ad

ब्राजिलका लागि कप्तान मार्टाले दुई तथा डेविन्हा, एन्ड्रिसा आल्भेस र वियट्रिजले एक–एक गोल गरेका थिए । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल सम्भव भएको थियो । 

३५ वर्षीय ब्राजिली मार्टा लगातार पाँचौ ओलम्पिकमा सहभागिता जनाउँदै गोल गर्ने पहिलो महिला खेलाडी बनिन् । यस्तै ब्राजिली फर्मिङ्गा सातौ ओलम्पिक खेल्ने पहिलो महिला खेलाडी बनिन् ।

यस्तै, गएराति नै भएको अर्काे खेलमा नेदरल्यान्ड्सले जाम्वियामाथि १०–३ को फराकिलो जित दर्ता गरेको छ । पहिलो पटक ओलम्पिक खेलिरहेको नेदरल्यान्ड्सको जितमा भिभिएनी मिडेमाले ह्याट्रिकसहित ४ गोल गरिन् । 

लिके मार्टिनले दुई तथा सानिस भान डि सान्डेन, जिल रुड, लिनेथ विरेन्सटेन र भिक्टोरिया पेलोभाले समान एक गोल गरे । जाम्वियाका बारब्रा बान्डाले ह्याट्रिक पुरा गरेपनि फराकिलो हार टार्न सकिनन् ।

यस्तै अर्को खेलमा स्वीडेनले अमेरिकालाई ३–० गोलले हराएको छ भने बोलायतसँग चिली २–० गोलले पराजित भएको छ ।  
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै