पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारका लागि ३० लाख निकासा

काठमाडौंः नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि ३० लाख रुपैयाँ निकासा भएको छ ।

भारतको एपोलो अस्पतालमा उपचारत पूर्वप्रधानमन्त्री समेत रहेका खनालको उपचार खर्चका लागि उक्त रकम निकासा भएको हो । 

ad

दुबै मिर्गौलामा समस्या देखिएका खनालको मिर्गौला प्रत्यारोपण गरिने तयारी भएको छ । 

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले खनालको उपचारकोमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो । 

दिल्लीस्थित नेपाल दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि करिब ३० लाखको हिसाब पठाएको थियो । सरकारको निर्णय अनुसार उक्त तत्कालिन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सो रकम निकासा गरिसकेका छन् । 

नेता खनालको विदेशमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निवर्तमान प्रधानमन्त्री ओलीको निर्णय कानुनविपरीत थियो । 

२०७५–६–२ गतेदेखि लागू भएको जनस्वास्थ्य ऐनको दफा ३० मा भनिएको छ,‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’।

उपचार खर्च बेहोर्ने देउवाको प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले खनालको उपचार खर्च राज्यकोषबाट बेहोर्ने बताएका छन् । 

देउवाले उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले गर्ने प्रतिबद्धता जनाएका हुन् । नेता खनालले अस्पतालबाटै एक एक वक्तव्य जारी गर्दै प्रधानमन्त्रीदेउवालाई विश्वासको मत दिन एमाले सांसदहरुलाई आग्रह गरेका थिए । 

यता खनालको उपचार सरकारले गर्ने बेहोर्ने प्रधानमन्त्री देउवाको अभिव्यक्ति प्रति कांग्रेस नेता गगन थापाले असन्तुष्टि व्यक्त गरेका छन् उनले कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी भएको बताएका छन् । साथै उनले खनालको उपचारका लागि राज्यबाट रकम निकासा गर्नु गैर कानुनी भएकाले खर्च जुटाउनु पर्ने अवस्था आए देश विदेशमा रहेका नेपालीले सहयोग गर्ने बताएका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै