माधव नेपालसहित २२ सांसदले स्पष्टीकरण नदिए ओलीले के गर्छन् ?

काठमाडौंः  नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई सोधिएको २४ घण्टे स्पष्टीकरणको समय आज सकिँदै छ ।

अध्यक्ष केपीशर्मा ओलीले पार्टीको निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सासंदलाई बुधबार स्पष्टिकरणपत्र पठाएका थिए । 

ad

४ गते बसेको केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही अनुसार ओलीले बुधबार २४ घण्टाभित्र जवाफ पेश गर्न आग्रह गर्दै पत्र पठाएका थिए । 

ओलीले पठाएको स्पष्टीकरण पत्रमा पार्टीको हितविपरीत विभिन्न भेला, गुटगत गतिविधि संचालन  र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य कार्य के कारणले गरिएको हो भन्दै प्रश्न गरिएको थियो । 

ओलीले २४ घण्टाभित्र स्पष्टीकरण पेश नगरे वा चित्तबुझ्दो जवाफ नदिए पार्टीको विधान अनुसार कारबाही गर्ने चेतावनी समेत दिएका थिए। 

तर हिजो बसेको बैठकमा भने ओली लचिलो बनेका थिए । उनले पार्टी एकताका लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई आफू दोस्रो अध्यक्ष दिन तयार भएको ‘ब्रिफिङ’ गरेका थिए ।

ओलीको उक्त  ‘ब्रिफिङ’ सँगै स्पष्टीकरण सोधिएका सांसदलाई कारबाही गर्ने तयारी नभएको एक केन्द्रीय सदस्यले बताए । एमालेको जारी केन्द्रीय कमिटी बैठक आज सकिने बताइएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै