देउवालाई विश्वासको मत दिने २२ सांसदले आज स्पष्टीकरणको जवाफ दिने

फाइल तस्बिर

काठमाडौंः नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । 

उनीहरुले आजै स्पष्टीकरणको जवाफ दिने तयारी गरेको एक नेताले बताए ।

ad

अध्यक्ष केपीशर्मा ओलीले पार्टीको निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सासंदलाई बुधबार २४ घण्टे स्पष्टिकरणपत्र पठाएका थिए । उक्त स्पष्टीकरणको समय आज सकिँदै छ । 

ओलीले पठाएको स्पष्टीकरण पत्रमा पार्टीको हितविपरीत विभिन्न भेला, गुटगत गतिविधि संचालन  र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य कार्य के कारणले गरिएको हो भन्दै प्रश्न गरिएको थियो । 

ओलीले २४ घण्टाभित्र स्पष्टीकरण पेश नगरे वा चित्तबुझ्दो जवाफ नदिए पार्टीको विधान अनुसार कारबाही गर्ने चेतावनी समेत दिएका थिए। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै