नेप्से ३ हजारमाथि पुग्यो, ५ कम्पनीको सेयर मूल्यमा सर्किट

काठमाडौंः साताको अन्तिम कारोबारको दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।

नेप्से परिसूचक १८.७५ अंकले बढेर ३००४.३१ अंकमा पुगेको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समते ४.०६ अंकले बढेर ५६२.२४ अंकमा पुगेको छ । 

ad

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ । आज विभिन्न २२२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर ११ अर्ब ११ करोड ४१ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ । 

आज कारोबारमा आएकामध्ये ८ उपसूचक घटेको छ भने ५ उपसूचक बढेको छ ।

सबैभन्दा बढी म्यूच्यल फण्ड ५.२७ प्रतिशतले बढेको छ ।  बैंकिङ उपसूचक १.७२ प्रतिशत र वित्त कम्पनी उपसूचक १.५७ प्रतिशतले बढेको छ । 

आज नेप्सेमा कृषि विकास बैंकको ४६ करोड २७ लाख ६५ हजारको कारोबार हुँदा नेपाल बैंकको ३६ करोड ५ लाख ८१ हजार र एनआइसी एशिया बैंकको ३६ करोड ४ लाख ४८ हजारको कारोबार भएको छ ।

यस्तै, नेप्सेमा २५ प्रतिशत लाभांश घोषण गरेको लक्ष्मी उन्नति कोषको इकाइ मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । त्यस्तै, सीईडीबी हाइड्रोपावर, ङ्यादी ग्रुप पावर, पोखरा फइनान्स र माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य पनि बढेर सर्किट लेभलमा बन्द भएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै