"कार्यक्रममा आउनका लागि निम्तो गरेँ,मास्क नभुल्नुहोला !"

काठमाडौं: नेपाली कांग्रेसका नेता एवं कवि गुरुराज घिमिरेले आफ्नो कवितासंग्रह "मृत्युसंगको साक्षात्कार "को बिमोचन कार्यक्रममा  उपस्थित हुने नेता,कार्यकर्ता, साहित्यकार,पाठक एवं निम्तालु  शुभेच्छुकलाई  मास्क अनिवार्य प्रयोग गर्न आग्रह गरेका छन् । 

उनले निम्तो गर्दा नै मास्क  बिना कार्यक्रममा उपस्थित हुन निषेध गरेको जानकारी समेत दिएका छन् । "यहाँलाई कार्यक्रममा आउनका लागि निम्तो गरेँ , मास्क नभुल्नुहोला !" फोनबाट या भेटबाट निम्तो दिने  निम्तालुलाई गुरुले यही वाक्य भन्दै आएका छन् । 

ad

पार्टी भित्र  क्रियाशील सदस्य वितरणको विवादमा फेसेका  नेताहरुलाई गुरुको कविताकृति बिमोचनको कार्यक्रमले एकै मञ्चमा भेला पार्ने भएको छ । कांग्रेसका वरिष्ठ नेता रामचनद्र पौडेल लगायतका प्रभावशाली नेताहरु घिमिरेको कवितासंग्रह विमोचनका लागि भेला हुने भएका हुन्  । 

छैटौँ कृतिका रुपमा प्रकाशित घिमिरेको  कवितासंग्रह "मृत्युसंगको साक्षात्कार "को बिमोचनका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साउन ८ गते शुक्रबार भक्तपुर स्थित ह्वाइट प्यालेस ब्यांकेट कौशलटार जाँदैछन् । वरिष्ठ नेता पौडेलसंगै महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह , पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला , नेताहरु डा.शेखर कोइराला ,डा.रामशरण महत ,अर्जुननरसिंह केसी ,सुजाता कोइराला र डा.मिनेन्द्र रिजाल लगायतका नेताहरु कार्यक्रममा उपस्थित हुने,घिमिरेले खुलामञ्चलाई जानकारी दिए । 

पूर्वमुख्य सचिव डा.विमल कोइरालाको अध्यक्षतामा सम्पन्न हुने उक्त कार्यक्रम दिनको २ बजे सुरु  हुनेछ । कार्यक्रममा नेपाली साहित्यका वरिष्ठ स्रष्टाहरुको पनि उल्लेखनीय सहभागिता हुने घिमिरेले बताएका छन् । 

"कार्यक्रममा आउन कुनै रोकटोक छैन् । मेरा सम्पूर्ण शुभेच्छुकलाई कार्यक्रममा निम्तो छ । तर माक्स अनिवार्य गरेको छु । निम्तो गरिएको भए पनि मास्क नलगाउनेलाई कार्यक्रममा आउन निषेध गरिएको छ, घिमिरेले भने ।" 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै