टी–ट्वेन्टीको सिरिज दक्षिण अफ्रिकालाई

काठमाडौँ : दक्षिण अफ्रीकाले तीन खेलको ट्वेन्टी–ट्वेन्टी क्रिकेटको सिरिज हात पारेको छ । डुब्लिनमा बिहीबार राति भएको दोस्रो टी–ट्वेन्टीमा घरेलु टोली आयरल्याण्डलाई ४२ रनले हराउँदै दक्षिण अफ्रिकाले सिरिज जितेको हो ।

डुब्लिनमा बिहीबार राति भएको दोस्रो टी–ट्वान्टीमा ४२ रनको जित निकाल्दै दक्षिण अफ्रीकाले एक खेल अगाबै सिरिज २–० ले आफ्नो बनाएको हो ।

ad

दक्षिण अफ्रीकाले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय १७ रन मात्र बनाउन सक्यो ।

आयरल्याण्डका शान गेट्काटेले सर्वाधिक २४ रन बनाए । यस्तै, जर्ज डोक्रेल २०, पाउल स्ट्रर्लिङ १९, मार्क एडिअर १५ तथा लोर्कन टुकरले १२ रन बनाए ।

दक्षिण अफ्रीकाका ताब्रेज सामी र बेज्रोन फोर्टुनले ३–३ तथा बिउरन हेन्ड्रीक्सले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो ।

दक्षिण अफ्रीकाका डेभिड मिलरले ७५ रनको अर्धशतकीय पारी खेले । यस्तै वियन मुल्देरले ३६ तथा क्विनटन डी ककले २७ रन बनाए ।

आयरल्याण्डका पाउल स्ट्रर्लिङ र मार्क एडिअरले २–२ विकेट लिए ।

यो जितसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रीकाले एक खेल अगावै २–० को अग्रता बनाएको छ । पहिलो खेलमा दक्षिण अफ्रीकाले आयरल्याण्डलाई ३३ रनले हराएको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै