१४ औँ महाधिवेशन तोकिएकै समयमा गर्ने कांग्रेसको निर्णय

काठमाडौंः नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तोकिएकै समयमा गर्ने भएको छ ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले १४ औँ महाधिवेशनको मिति परिवर्तन नहुने गरी कार्यतालिका संशोधन गर्ने निर्णय गरेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

ad

दुवै प्रतिवेदनमाथि छलफलपश्चात शनिबार पुनः बस्ने पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने सम्बन्धमा आवश्यक निर्णय लिन सक्ने उनले बताए ।

यस्तै, बैठकले पार्टीको क्रियाशील सदस्यता छानबिन समितिलाई सदस्यता टुंगो लगाउन  १० गतेसम्म समय थप गरिदिएको छ ।

क्रियाशील सदस्यता वितरण विवाद समाधानको माग गर्दै पार्टी कार्यलय सानेपामा धर्ना बसेका नेता तथा कार्यकर्ताको माग सम्बोधनका विषयमा विकल्पसहितको प्रस्ताव ल्याउन सभापति देउवाले आग्रह गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै