तेस्रो एकदिवसीयमा श्रीलंकाद्वारा भारत पराजित, समग्रमा २–१ को जीत

काठमाडौँ : अन्तिम तथा तेस्रो एकदिवसीय क्रिकेटमा श्रीलंकाले भारतलाई पराजित गरेको छ । कोलम्बोमा शुक्रबार राति भएको खेलमा भारतलाई डीएल पद्दतिको आधारमा  ३ विकेटले हराएको हो ।

तर यसअघिका दुई खेलमा भारत विजयी भएको थियो । तेस्रो खेलमा पराजित भएपनि भारतले समग्रमा तीन खेलको सिरिज २–१ ले जितेको छ ।

ad

भारतले दिएको २ सय २७ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ३९ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो ।

श्रीलंकाका अभिस्का फर्नान्डो र भानुका राजपाक्षेले क्रमशः ७६ र ६५ रनको अर्धशतकीय पारी खेले । यस्तै, चारिथ आशलंका २४ तथा रमेश मेन्डिसले १५ रन बनाए ।

भारतका  राहुल चाहरले ३ विकेट लिए भने चेतन शकरियाले २ तथा कृष्नपा गोथाम र हार्दिक पाण्डेयले १–१ विकेट लिए ।

यस अघि वर्षाको कारण ४७ ओभरमा झारिएको खेलमा भारतले ४३ ओभर १ बलमा अलआउट हुँदै २ सय २५ रन बनाएको थियो । तर, डीएलको आधारमा श्रीलंकाले २ सय २७ रनको नयाँ लक्ष्य पाएको थियो ।

भारतका पृथ्वी शले ४९ रन जोडे । यस्तै, सन्जु सामसनले ४६, सूर्यकुमार यादवले ४०, हार्दिक पाण्डेयले १९ तथा शिखर धवनले १३ रनको योगदान दिए ।

श्रीलंकाका अकिला धनन्जय र प्रविन जयविक्रमाले ३–३ तथा दुश्मान्था चामिराले २ विकेट लिएका थिए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै