कम्युनिस्टका काला कर्तुत ! 

आनन्दराम पौडेल

कुमारजी आज्ञा गर्नुहुन्छ – “हे अगस्त्य मुनि, अघिल्लो हप्ता खुलामञ्च डट कमले – ‘कुहिएका कम्युनिस्ट र पथभ्रष्ट बाहुन’ बिषयमा चर्चा छेडेको थियो, जुन राष्ट्रिय बहसको बिषय बनेछ। यी कुहिएका कम्युनिस्टहरू कतिसम्म ढोंगी, पाखण्डी, आडम्बरी छन् भन्नेबारेमा चर्चा गर्छु,  ध्यान दिएर सुन्नुहोस्।”

ad

    कुमारजी आज्ञा गर्नुहुन्छ – “हे अगस्त्य मुनि, यी कम्युनिस्टहरू फरक विचार राख्ने, विशेष गरी उदार लोकतन्त्रका हिमायतीहरूलाई ठाडै निषेध मात्र गर्दैनन्, घृणा नै गर्छन्। सर्वप्रथम म  यी कम्युनिष्टहरूले घृणाको हदसम्म निषेध गर्ने गरेका उदार लोकतन्त्रका अभियन्ता थोमस जेफर्सनबाट आजको परिचर्चा सुरु गर्दछु।

   सन् १७८९ मा भएका विविध घटनाका बिषयमा बाह्र विद्वानले लेखेका ऐतिहासिक दस्तावेजलाई समेटेर मार्क आरोन्सन र सुसान क्याम्पबेल बर्टोलेट्टीले ‘१७८९ : ट्वेल्भ अथर्स एक्सप्लोर अ एअर अफ रिबेल्यन, रिभोलुसन एन्ड चेन्ज’ (२०२०) शीर्षकको पुस्तक प्रकाशित गरेका छन् । यस पुस्तकमा थोमस जेफर्सनकी प्रेमिका शेली हेम्मिङ्सको प्रसङ्ग पनि छ।

थोमस जेफर्सन संयुक्त राज्य अमेरिकाका तेस्रो राष्ट्रपति थिए । ‘इपिटाफ’ अर्थात् समाधि–लेखमा आफूलाई ‘तेस्रो अमेरिकी राष्ट्रपति’ नलेखेर ‘अफ द स्टाच्युट अफ भर्जिनिया फर रिलिजियस फ्रिडम, अथर अफ द डेक्लारेसन अफ अमेरिकन इन्डेपेन्डेन्स,  तथा फादर अफ द युनिभर्सिटी अफ भर्जिनिया’ लेख्नू भनेर ईच्छापत्र लेखेका थिए ।

   थोमस जेफर्सन फ्रान्सको लागि राजदूत भएर जाँदा पत्नी मार्थासँगै घरेलु कामदारको रुपमा शेली हेम्मिङ्स पनि सँगै गएकी थिईन्। फ्रान्समा रहँदा जेफर्सनकी पत्नी मार्था क्यान्सरले थला परिन्। मृत्यु अवश्यम्भावि भएपछि, ‘अर्को बिवाह बिवाह गर्नेछैन’ भनेर आफ्ना पतिलाइ बचनबद्ध गराइन्। पछि शेली हेम्मिङ्ससँग जेफर्सनको शारीरिक सम्बन्ध भयो र उनीबाट बच्चा पनि भयो। पूर्वपत्नि मार्थालाइ दिएको बचन पालन गर्नुपरेकोले शेलीसँग औपचारिक बिवाह गर्न नसकेपनि थोमस जेफर्सनले शेलीलाई मानसम्मानका साथ राखेका थिए।

पुलिट्जर पुरस्कार विजेता प्राध्यापक आनेते गोर्दोन रिडले ‘द हेम्मिङ्सेस अफ मन्टिसेलो स् एन अमेरिकन फ्यामिली’ (२००८) पुस्तकमा शेलीको बिषयमा लेखेका छन्।  त्यसबेला फ्रान्सको कानुनअनुसार बच्चाको भरणपोषण गरिरहेकी आमा र बच्चालाइ यथेष्ट पुग्नेगरी सरकारले भत्ता दिन्थ्यो। राजदूतको पदावधि सकिएर आफ्नो घर मण्टिसेल्लो अमेरिका फर्कनलाग्दा जेफर्सनले शेली हेम्मिङ्सको लागि यो बन्दोबस्त मिलाइदिन खोजेका थिए, तर शेलीले जेफर्सनसँगै रहने इच्छा गरिन्।

    पूर्वपत्नि मार्थालाई दिएको बचन पालन गर्नुपरेकोले शेलीसँग औपचारिक बिवाह गर्न नसकेपनि थोमस जेफर्सनले शेलीलाइ आजीवन नै मानसम्मानका साथ राखे। उनीबाट जन्मेका सन्तानलाई भरणपोषण र शिक्षाको राम्रो बन्दोबस्त गरे।

   अब यता कम्युनिष्ट पार्टीका अगुवा नेताहरूतर्फ फर्कौं। कार्ल मार्क्सकी पत्नी जेनी केही दिन घरबाट बाहिर रहेका बखत कार्ल मार्क्सले घरेलु कामदार रहेकी लेञ्चेन डेमुथ निम्ससँग जबर्जस्ति नै गरेर शारीरिक सम्बन्ध राखेका थिए। सन् १८५१ मा मार्क्स–पत्नी जेनी र घरेलु कामदार लेन्चेन डेमुथ ‘निम्स’ बाट केही महिनाको अन्तरालमा सन्तान पैदा भएका थिए ।

आफूले लेञ्चेनलाइ जबर्जस्ति करणी गरेर जन्माएको सन्तानको न्वारान कर्म बाप्टैजेसनमा मार्क्सले सहभागी हुन कार्ल मार्क्सले ठाडै इन्कार गरे। बरु एङ्गेल्सले अघिसरेर ढाकछोप गरे।  जन्मदर्तामा बाबुको नाम खाली राखियो र एङ्गेल्स नक्कली अभिभावक बने । कार्ल मार्क्सको कुकर्म ढाकछोप गर्नका लागि एङ्गेल्सले नक्कली अभिभावक बनेपनि त्यो बालकलाइ एङ्गेल्सले झन् तिरस्कार नै गरे।

नारकीय जीवन बाँच्न बिवश गराइएका ती बालकको नाम फ्रेडरिक थियो। बाल्यकाल र किशोरावस्था तिनको अत्यन्तै दर्दनाक रह्यो। आफ्नी पत्नी केही दिन बाहिर रहेका बेलामा मार्क्सले घरेलु कामदार रहेकी लेञ्चेनलाई जबर्जस्ति गरेको र अनुचित कर्ममा लिप्त रहेको तथ्यबिवरणहरू, मेरी ग्याब्रिएलले लेखेकी ‘लभ एन्ड क्यापिटल स् कार्ल एन्ड जेनी मार्क्स एन्ड द बर्थ अफ अ रिभोलुसन’ ९२०११० मा उल्लेख छ ।

 

यही तथ्यबिवरणहरू, बेलायतको लेबर पार्टीका नेता एवं छाया सरकारका मन्त्रीसमेत रहेका टिरिस्ट्रम हण्टले पनि  ‘मार्क्स जेनेरल स् द रिभोलुसनरी लाइफ अफ फ्रेडरिक एंगेल्स’ २००९ पुस्तकमा सविस्तार लेखेका छन् । टिरिस्ट्रम हण्ट बेलायतको लेबर पार्टीका नेता एवं छाया सरकारका मन्त्रीसमेत रहेका थिए।

कार्ल मार्क्सका क्रुर अपराधकर्म अरूले अत्तोपत्तै नपाउन् भनेर एङ्गेल्सले जीवनभरी अर्को क्रुर अत्याचार गरे र गरिरहे। लेञ्चेनलाई पूरै बन्दी जीवनमा राखियो। कतिसम्म ङ्याकेर दबाईराखियो भने आमा र छोराको भेट गर्नसमेत् दिइएन।

“लेञ्चेन र फ्रेडरिकमाथि क्रुर अत्याचार गरियो” भनेर आफ्नो मृत्यु हुने बेला फ्रेडरिक एङ्गेल्सले आफैंले यी तथ्यहरू आफ्नी अन्तिम सेविकारसँगी लुसी र मार्क्सकी छोरी इलेअनोरसामुन्ने कन्फेस गरेका थिए। १८९८ मा लुसीले लेखेको पत्र इन्टरनेशनल इन्स्टिच्युट फर सोशीयल हिस्ट्री, आमस्टरडममा सुरक्षित छ ।

    हे अगस्त्य मुनि, यस्ता अमानवीय, क्रुर अत्याचारी कार्ल मार्क्सलाई देउता ठान्ने नेपालका कथित कम्युनिस्टहरूका काला कर्तुत त झन् बर्णन गरिसाध्य छैन। धेरै बर्णन राम कार्कीजीले गर्न सक्नुहुन्छ, बिना मगरजीले गर्न सक्नुहुन्छ। दिवङ्गत नहुनुभएको भए प्रचण्पुत्र प्रकाश दाहालजीले गर्नहुन्थ्यो।

 यति भनेर कुमारजीले बिश्राम लिंदै ध्यानमग्न भए।

ईतिश्री स्कन्ध पुराणे, हिमवत् खण्डे, नेपाल महात्म्ये, कम्युनिष्ट कर्तुत अध्याय शुभम्।

                                                                                                (यी लेखकका निजी विचार हुन । )

     

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै