विश्वप्रकाश शर्माद्वारा निर्मला हत्याको घटनामा गम्भीर अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण 

काठमाडौंः नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा गम्भीर भएर अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

निर्मलाको हत्या भएको आज ३ वर्ष पुगेको दिन उनले ट्वीट गर्दै  प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएका  हुन् ।

ad

‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते तीन वर्ष पुग्यो । सम्माननीय  प्रधानमन्त्री र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’, उनले भनेका छन् । 

प्रवक्ता शर्माले प्रतिपक्षी हुँदा यस घटनाका सम्बन्धमा आफूहरुसँग प्रश्न भएको तर अहिले सरकारमा पुगेपछि यसको जवाफ दिनुपर्ने बेला आएको बताउदै भनेका छन् , ‘प्रतिपक्षमा छंदा प्रश्न थिए हामीसंग । सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ । सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन बिशेष गम्भीरता अपेक्षित छ ।

यस्तै उनले अहिले देशले व्यहोर्दै आएको बालिका र महिला उपर हिंसा, बलात्कार र हत्याको अनेक घटना नियन्त्रण गर्न राज्यको कठोरतासँगै राजनीतिक द्वन्द्व भन्दामाथि सामाजिक रुपान्तरणको साझा अठोट र अभियान जरुरी रहेको बताएका छन् । 

साथै उनले निर्मलालाई न्यायसँगै, कसैले पनि यस्तो नियति भोग्न नपरोस् भन्दै  विशेष तदारुकता बढाउन अनुरोध गरेका छन् । 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै