सुन प्रतितोला ९२ हजारमा कारोबार

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । 

शुक्रबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक सय रुपैयाँले घट्दै ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

ad

आज तेजाबी सुनको मूल्य समेत एक सय रुपैयाँले नै घट्दै ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै , आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार भएको थियो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै