कार्यदलका नेतासँग ओली–नेपाल समूहका नेताले छलफल गर्दै

काठमाडौंः नेकपा एमालेको एकता जोगाउनका लागि कार्यदलमा रहेका नेताहरुसँग ओली–नेपाल समूहका सांसदहरुले छलफल गर्दैछन् ।

आज दिउँसो १ बजे सिंहदरबारमा १० बुँदे सहमति जुटाउने कार्यदलमा रहेका नेताहरुसँग ओली–नेपाल समूहका सांसदहरुले छलफल गर्न लागेको एक सांसदले जानकारी दिए । 

ad

अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको विवाद अन्त्य गरी पार्टी जोगाउन भन्दै दुवै तर्फका सांसदहरुले पार्टी एकता दबाव समूह गठन गरेका छन् । 

उक्त समूहमाओली तर्फबाट कृष्णप्रसाद दाहाल, डा. सूर्य पाठक, लालप्रसाद साँवा ९एलपी०, शान्ति पाख्रिन, यज्ञ बोगटी लगायत छन् भने नेपाल तर्फबाट यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, डा।दीपकप्रकाश भट्ट, नारायण खतिवडा, पवित्रा खरेल, राजबहादुर बुढा लगायत रहेका छन् । 


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै