सरकार सञ्चालन गर्न गठित कार्यदलको बैठक बस्दै

काठमाडौंः सरकार सञ्चालन गर्नका लागि गठित कार्यदलको बैठकबैठक आज बस्दैछ । 

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने बैठकमा सरकार सञ्चालनको न्युनतम मापदण्ड, सत्ता गठबन्धनलाई दिगो बनाउने, मन्त्रिपरिषद् विस्तारको तयारी थाल्ने र समसामयिक राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल हुनेछ ।

ad

सत्ता साझेदार दलहरूले कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको थिए ।

कार्यदलमा काँग्रेसका तर्फबाट महामन्त्री खड्कासहित नेता डा. मीनेन्द्र रिजाल र रमेश लेखक रहेका छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य रहेका छन् ।

यसअघि शनिबार साँझ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । उक्त बैठकमा कोरोनाविरुद्धको खोप तत्काल ल्याउन र जनताको हितमा काम गर्न  नेताहरुले प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै