यातायात व्यवसायीले र्सावजनिक सवारी साधनको साँचो प्रधानमन्त्रीलाई बुझाए

काठमाडौंः यातायात व्यवसायीहरूले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई सार्वजनिक सवारीसाधनको साँचो बुझाएका छन् । 

विभिन्न माग राख्दै प्रदर्शनमा उत्रिएका उनीहरुले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सवारीसाधनको साँचो बुझाएका हुन् । 

ad

सार्वजनिक यातायात केन्द्रीय महासंघको आव्हानमा काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका उनीहरुले मध्यम र छोटो दूरीका सवारीसाधनमा भाडा समायोजन गरिनुपर्ने माग गरेका छन् । 

यस्तै व्यवसायीहरुले सबै यातायात मजदूरलाई कोभिड विरुद्धको खोप लगाउर्ने महामारीका कारण संकटमा परेको व्यवसायलाई मौद्रिक नीतिमार्फत समाधान गर्नुपर्ने, यातायातको बीमा छुट समायोजन गर्नुपर्ने, नवीकरण र जरिवाना छुट गर्नुपर्ने लगायतका माग राखेका छन् ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै