गण्डकी प्रदेशको निर्णय पार्टीलाई निकै महंगो पर्नेछः डा. शेखर कोइराला

काठमाडौंः नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले गण्डकी प्रदेश सरकारले समावेशी र दलित प्रतिनिधित्व गराउन नसक्नु दुर्भाग्य भएको बताएका छन् । उनले  लोकतान्त्रिक समाजवाद र समावेशीताबाट नेपाली कांग्रेस कहिल्यै पर जान नसक्ने बताएका छन् । 

डाक्टर कोइरालाले गण्डकी प्रदेशको पछिल्लो कदम अक्षम्य भूल भएको दावी गरेका छन् ।

ad

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन् ,‘सामाजिक कुरीतिका विरुद्ध व्यवहारिक रुपमा लडेको नेपाली कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दुखित बनाएको छ । त्यति मात्र नभई सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरुको शीर  निहुरिएको छ ।’

भोलि कुन मुखले उनीहरुको अगाडि जाने, यो हेक्का राख्नु पर्दैन ?कि एकपटक सरकारमा गएपछि सधैंलाई पुग्यो? डाक्टर कोइरालाले प्रश्न गरेका छन् ।

उनले  सामाजिक न्यायका कुरा केवल इतिहासको बखान र शब्द रटान मात्रै होइन, व्यवहार र लोकतान्त्रिक आचरण पनि भएको उल्लेख गरेका छन्। 

उनले वीपी स्मृति दिवस मनाउँदै गर्दा वीपीको तस्वीरमा चढाएको फूल ओइल्याउ नभ्याउदै गण्डकी प्रदेश सरकारले गरेको निर्णय गलत भएको बताएका छन् ।

‘भोलिका दिन यस्ता निर्णयहरु पार्टीको निम्ति निकै महंगो पर्न सक्छ । सबैले हेक्का राखौं’,डाक्टर कोइरालाले ट्विटरमा लेखेका छन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै