केही व्यक्तिले प्रतिक्रियावादीसँग मिलेर पार्टी फुटाउन लागेः ओली

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीका पछि लागेका एमाले नेता तथा सांसदलाई पार्टीमा फर्किन आग्रह गरेका छन्।

आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै उनले पाटीको निणर्य विपरीत कार्यमा संलग्न भएर गल्ती गरेका माधवकुमार नेपालसहितका नेतालाई पार्टीले माफि दिने भन्दै फर्किन आग्रह गरे।

ad

ओलीले उनीहरुलाई पार्टीको पक्षमा उभिन आग्रह गर्दै भने,‘पार्टीको पक्षमा उभिनुस् । देशले तपाईंहरुको स्वागत गर्छ । पार्टीले स्वागत गर्छ।’

यस्तै उनले केही व्यक्तिहरु आफ्ना स्वार्थका लागि प्रतिक्रियावादीसँग मिलेर पार्टी फुटाउने ,सरकार ढाल्ने काममा लागिपरेको आरोप लगाए। 

विरोधीका पछि लागेर आफ्नो भविष्य किन ध्वस्त पार्ने ? ,ओलीले प्रश्न गरे । साथै उनले  देश धेरै अप्ठ्यारो मोडमा पुगेको जिकिर समेत गरेका छन् । 

देशको सबैभन्दा बढी जनसंख्या आफ्नो साथमा रहेको दाबी गरे । नेकपा एमालेको साथमा छ ,केपी ओलीको साथमा छ ।’,उनले भने । 

‘कुनै २–४ जनाको झुण्ड होइन । देशको सबभन्दा बढी जनसंख्या नेकपा एमालेको साथमा छ, केपी ओलीको साथमा छ ।’,उनले भने । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै