सेयर बजारमा नयाँ रेकर्ड कायम, १४ अर्ब बढीको कारोबार

काठमाडौंः सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । 

साताको पहिलो कारोबारको दिन आज सेयर बजार परिसूचक५४.३१अंकले बढेर ३०५८.६३ अंकमा पुगेरे नयाँ रेकर्ड कायम भएको हो । 

ad

त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समते ११.७४ अंकले बढेर ५७४.०२ अंकमा पुगेको छ । 

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ । आज विभिन्न २२३ कम्पनीको ४ करोड ३९ लाख ३९ हजार २१२ कित्ता सेयर १४ अर्ब ३० करोड २३ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ । 

आज कारोबारमा आएकामध्ये होटल तथा पर्यटन र म्यूच्यल फण्ड बाहेकका सबै उपसूचक उकालो लागेको छ । 

सबैभन्दा बढी बैंकिङ समूह ३.४३ प्रतिशतले बढेको छ । यस्तै, ९ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा वृद्धि भएको छ ।

 नेपाल बैंकको सवार्धिक ४९ करोड ७६ लाख ६५ हजारको कारोबार हुँदा ग्लोबल आईएमई बैंकको ४९ करोड ४४ लाख ३९ लाख, एनसीसी बैैंकक ३४ करोड ७८ लाख ९८ हजार, अरुण कावेली पावरको ३४ करोड २ लाख ६६ हजारको कारोबार भएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै